वैदेशिक रोजगारीको आवरणमा मानव बेचविखन बढ्दो

नमूना फोटो

सरकारले वैदेशिक रोजगारीको ठगी नियन्त्रणमा कडाइ गरिरहेका बेला मानव बेचविखनमा समेत वैदेशिक रोजगारका एजेन्ट, म्यानपावर र परामर्शदाता सक्रिय रहेको देखिएको छ।

मानव बेचविखनका एकतिहाई घटना वैदेशिक रोजगार र परामर्शसँग सम्बन्धीत रहेको पाइएको छ।

सरकारले वैदेशिक रोजगार व्यवसायका नाममा देखिएको अराजकतालाई नियन्त्रण गर्न नसक्दा वैदेशिक रोजगारीको आडमा मानव बेचविखन तथा ओसारपसार बढेको अध्ययनले देखाएको छ।

महिला तथा बालबालिका बेचविखनविरुद्ध सहकर्मी समुहले मानव बेचविखन तथा ओसारपसारसम्बन्धी सामग्रीहरुको अध्ययन तथा विश्लेषण गरी तयार गरिएको प्रतिवेदनले ठगीमा वैदेशिक रोजगारका एजेन्ट, म्यानपावर र परामर्शदाता पनि दोषी देखिएका हुन्।

यो समाचार कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्।





Comments

comments

32946