हिटलरको कारदेखि बेलायती महारानीको बग्गीसम्म प्रदर्शनीमा राखिने

फाइल फोटो

नारायणहिटी संग्रहालयमा हिटलरले उपहार दिएको कार, बेलायत र नेपालमा मात्र रहेको बग्गी र पुराना सवारी साधनलगायतका सामाग्री प्रदर्शनीमा राखिने भएको छ।

नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले नेपाल भ्रमण वर्ष सन् २०२० को अवसरमा ती सामाग्री प्रदर्शनीमा राख्ने तयारी भइरहेको जानकारी दिए।

उनका अनुसार भ्रमण वर्ष शुरु भएको केही महिनाभित्र कार्यविधि निर्माण गरी ती सामग्री प्रदर्शनीमा राखिने छ।

हिटलरको उक्त कार पूर्वराजपरिवारले प्रयोग गरेको थियो भने बेलायती महारानीले दिएको बग्गी तत्कालीन राजाहरुले विशेष समारोहमा चढ्ने गरेका थिए । यो समाचार नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन्।





Comments

comments

33150