दरबार हत्याकाण्डस्थल हेर्न वर्षदिन कुर्नुपर्ने

फाइल फोटो

अबको एक वर्षपछि दरबार हत्याकाण्ड भएको विस्तारित स्थान सर्वसाधारणलाई खुला हुने भएको छ।

राजा वीरेन्द्रको वंशविनाश हुनेगरी २०५८ साल जेठ १९ गते भएको हत्याकाण्ड स्थल विलियार्ड बैठकसँगै जोडिएको त्रिभुवन सदनको निर्माणको गति हेर्दा एक वर्षको हिसाब निस्किएको हो।

युवराजधिराज पद पाइएपछि छुट्टै बस्ने परम्पराअनुसार दीपेन्द्र १८ वर्ष उमेर पुगेपछि त्रिभुवन सदनमा बस्दै आएका थिए । दीपेन्द्रको निजी निवासको रुपमा रहेको सो सदन दरबार हत्याकाण्डपछि तत्कालिन राजा ज्ञानेन्द्रले पूर्ण रुपले भत्काउन लगाएका थिए।

नारायणहिटी दरबार तथा गणतन्त्र स्मारक व्यवस्थापन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार बिलियार्ड बैठकबाट भ¥याङ चढेर भित्रुवन सदनको दीपेन्द्र बस्ने कक्ष पुग्ने जुन संरचना थियो, त्यसलाई उही नाप–नक्सामा तयार पारिएको छ, हत्याकाण्डअघि त्रिभुवन सदनजस्तो अवस्थामा रहेको थियो, सोही संरचना खडा हुनेछ। यो समाचार नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन्।





Comments

comments

33373