चीनमै दुई यात्रु झारेर किन मध्यरात उड्यो विमान?

फाइल फोटो

आइतबार राति बेइजिङबाट हिमालय एयरलाइन्सको विमानले थुप्रै नेपालीलाई काठमाडौँ ल्यायो।

सो विमानबाट आएका एक जना यात्रीले सबै कहानी सुनाएः

बेइजिङबाट अपरान्ह ५ बजेर ४० मिनेटमा उड्नुपर्ने जहाज राति १० बजे मात्र टेकअफ भयो । यसअघि शुक्रबार काठमाडौँ आउन लागेका चार जनालाई बेइजिङको तासिङ विमानस्थलबाट फर्काइएको थियो । निकै कडाइका साथ स्वास्थ्य जाँच गर्ने डिजिटल एएक्सरे मेसिनले नेपालीको तापक्रम ३७.४ डिग्री सेल्सियस देखाएको रहेछ । त्यही भएर आइतबार आउने हामी पनि उड्न पाउने अथवा नपाउने भन्ने द्विविधा मै थियौँ । सौभाग्यवश सबै यात्रुले उड्न पायौँ।

आइतबार कुनै पनि यात्रीले तासिङ विमानस्थलबाट फर्कनु परेन । तर, विमानमा क्षमताभन्दा बढी यात्रु रहेछौँ । धेरै नेपाली, त्यसपछि बंगाली र केही चिनियाँ गरेर क्षमताभन्दा बढी यात्री भएकाले इन्धान झिक्नुपर्ने कारण उडानमा अबेर भयो । इन्धन झिकिसकेपछि दुईजना चिनियाँले आफूहरुलाई पसिना आयो, यात्रा गर्दैनौँ भने । शरीरमा ज्वरो आयो भनेपछि उनीहरुलाई ओराल्न थप समय लाग्यो । सुरक्षा र स्वास्थ्यको निकै लामो प्रक्रिया पूरा गर्नुपर्ने रहेछ । अनि बल्ल विमान उड्यो राति १० बजे नाघेपछि।

इन्धन थोरै भएकाले काठमाडौँसम्म आउन पर्याप्त थिएन । त्यही भएर ढाकामा केहीबेर रोकी इन्धन भरेर आउँदा बिहान साढे तीन जति भएको थियो । बेइजिङमा दुईजना चिनियाँलाई संक्रमणको आशंकाका कारण झारेपछि हामी सबै यात्री त्राहिमाम भएका थियौँ । हामीमा त्यस्तो संकेत थिएन तर सबैमा मनोवैज्ञानिक त्रासचाहिँ थियो। जनआस्था साप्ताहिकमा समाचार छ।





Comments

comments

33745