नेपालमा थप ३२ जनामा कोरोना, संक्रमितको संख्या ५४८ पुग्यो

फाइल फोटो

न्युज डेस्क / एचकेनेपाल डट कम –

काठमाडौं, १० जेठ। नेपालमा शनिवार थप ३२ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार शनिवार राति थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५४८ पुगेको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा कपिलवस्तुमा ८ जना, सर्लाहीमा १३ जना र काठमाडौको ३५ वर्षीय पुरुषमा कोरोना भाइरस पोजिटिभ देखिएको हो।

हालसम्म प्राप्त विवरण अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेकाे बताइएकाे छ।

[table “” not found /]

[table “” not found /]

[table “” not found /]

[table “” not found /]





Comments

comments

36618