स्वास्थ्यकर्मीहरुप्रति समर्पित गीत- ‘अस्पतालको वार्डमा फुल्ने तिमी सुनाखरी..’

शिबाज

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –

धरान, कोरोनाको महामारीबाट अहिले संसारभर नै अधिकांश देशहरु अछुतो रहन सकेका छैनन्।

संसारभरमा ३ लाख ७७ हजारको मृत्यु भैसकेको छ। नेपालमै ८ जनाको मृत्यु भैसकेको छ र कोभिड १९को संक्रमितको संख्या दिन प्रतिदिन बढी नै बढी नै रहेको छ।

कोभिड १९को उपचारमा अहिले कुनै औषधी तथा खोप नबनिसकेकोले लक्डाउनको पालना, संक्रमितहरुको दृढता र यो महामारीको पनि कुनै वास्ता नगरी स्वास्थ्यकर्मीहरुले संक्रमितहरुको उपचारमा निरन्तर गरेको सेवालाई सम्मान गर्नेपर्ने हुन्छ।

तर यस्तोबेला पनि केही दिन अगाडि एउटा समाचारमा स्वास्थ्यकर्मीहरुलाई घरबेटीले आफू संक्रमित नभएको पुष्टि गर्नु पर्ने जस्तो कुराहरुले चर्चा पाएकोमा निकै दुख मान्दै गायक शिब लामीछाने शिबाजले “अस्पतालको वार्डमा फुल्ने तिमी सुनाखरी बोलको गीतलाई ‘नर्स सङ्ग’ युट्युबमार्फत रिलिज गरेका छन्।

अहिलेको परिस्थिति संगसंगै आफ्नो एउटा पुरानो अस्पतालको घटनालाई पनि उनले यस गीत मार्फत सम्झने प्रयास गरेका छन् गायक शिवले। उनले निक्कै अगाडि आफ्नो एपेन्डिक्सको सर्जरी भएको बेला डाक्टरहरु अनि विशेष गरी नर्सहरुले गर्नु भएको सेवा -भावनालाई आफूले अहिले पनि सम्झिरहेको तर पनि अहिले बेला बेला आउने यस्ता देश भक्त स्वास्थ्यकर्मीहरुबारे आउने नकारात्मक खबरले आफूलाई अलि दुखी बनाएको बताऊछन्।

अस्पतालको वार्डमा फुल्ने तिमी सुनाखरी.

यस्तो विषम परिस्थितिमा पनि आफ्नो परिवार,आफ्नो ज्यानको सुरक्षा केही नहेरी अग्रपंक्तिमा रहेर काम गर्नु हुने सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई हौसला दिनु पर्ने हो ठानेर संपूर्ण स्वास्थ्यकर्मी तथा नर्सहरुको लागि नै यो गीत समपर्ण गरेको गायक शिब लामिछाने बताउछन्।

गोपाल देवानको रचना, न्ह्यु बज्राचार्यको संगीत, गोपाल रसाइलीको संगीत संयोजन रहेको गीतले भन्छ –

नाईटिङ्गेलको आदर्श, बोकी ओठमा मधुरता
रुपमा होइन गुणमा खुल्छ खाँटी सुन्दरता
सेवा नै हो धर्म तिम्रो सेवा नै हो कर्तब्य

झर्कि फर्की नगर्नु है, औसधी हो तिम्रो मुस्कान
मान्छे नै हो तिमी पनि लाग्छ होला धेरै थकान
कोमल होश तिम्रो स्पर्श सिस्नो जस्तो नपोलोस्
तिमी नै हौ तिमी नै हौ, मानवताकी बिश्व सुन्दरी
अस्पतालको वार्डमा फुल्ने तिमी सुनाखरी
युट्युब लिंक:

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

36895