क्वारान्टिनका भान्सेको मृत्यु

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

बैतडीको एक क्वारेन्टाइनका भान्सेको शनिबार मृत्यु भएको छ। दशरथचन्द नगरपालिका ६ का ५३ वर्षीय एक पुरुषको एक्कासी मृत्यु भएको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

फाइल फोटो

ती व्यक्ति दशरथचन्द नगरपालिका–४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेकाहरुका लागि खाना पकाउने भान्से काम गर्थे । शनिबार बिहान ११ बजे घरमा एक्कासी बिरामी भएका ती व्यक्तीको उपचारको लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक व्यक्ती २ महिनादेखि क्वारेन्टाइनमा खाना बनाउन संलग्न रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। क्वारेन्टाइनमा खाना पकाउने व्यक्तिको मृत्यु भएकोले कोरोना परीक्षण गरिने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले बताए। मृतकको स्वाब संकलन गरेर पीसीआर परीक्षणको लागि धनगढी पठाइने जोशीको रहेको छ। यो समाचार अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ।
[table “” not found /]





Comments

comments

37383