अपडेटः कोरोनाबाट हङकङमा आइतवार एकै दिन ५ जनाको मृत्यु…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ९ अगष्ट। कोविड १९ (कोरोना) संक्रमणका कारण हङकङमा आइतवार एकै दिन पाँच जनाको मृत्यु भएको छ।

यससंगै हङकङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ।

प्रिन्स वेल्स अस्पतालका प्रवक्ताले कोरोना संक्रमणको पुष्टि भएका ८६ वर्षीय पुरुषको आइतवार दिउंसो ४:४३ बजे मृत्यु भएको जानकारी दिएका छन्। कोरोना संक्रमितको सम्पर्कमा आएपछि उनी क्वारान्टिनमा रहेका थिए। विरामी भएपछि उनलाई २३ जुलाईमा अस्पतालमा भर्ना गरिएको थियो। उनी उच्च रक्तचाप र मुटका रोगबाट ग्रसित थिए।

यसअघि, अस्पताल अथोरिटीका प्रवक्ताले आइतवार बिहान कोरोना संक्रमणको पुष्टि भएका चार बिरामीको मृत्यु भएको जानकारी दिएका थिए। मृत्यु भएका सबै ७८ वर्षमाथिका जेष्ठ नागरिक रहेका छन्।

फाइल फोटो

प्रवक्ताका अनुसार ९० वर्षीया महिलाको विहान १२:११ बजे क्यारिटास मेडिकल सेन्टरमा, ८८ वर्षीया महिलाको विहान ३:५७ बजे नर्थ डिस्ट्रिक अस्पतालमा, ७८ वर्षीया महिलाको विहान ५:३७ बजे चुन मुन अस्पतालमा र ८१ वर्षीय पुरुषको विहान ७:५२ बजे क्वीन मेरी अस्पतालमा मृत्यु भएको हो।

उनीहरुलाई पेट दुख्ने, निमोनिया, ज्वरो र खोकी लागेपछि अस्पताल भर्ना गरिएको थियो।

कोरोना संक्रमणको जोखिम हङकङमा सबैभन्दा बढी जेष्ठ नागरिकलाई परेको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेहरुमा अधिकांश जेष्ठ नागरिक रहेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

37972