क्वारेन्टिन बनाइएका होटल रित्तै…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

हेटौँडा – कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन बन्दाबन्दी र निषेधाज्ञा जारी गरिएसँगै बन्द भएका हेटौँडाका पर्यटकीय होटललाई क्वारेन्टिनका रूपमा प्रयोगमा ल्याउने अवधारणा ल्याइए पनि प्रभावकारी नभएको पाइएको छ।

हेटौँडाका विभिन्न स्तरका १० वटा होटललाई क्वारेन्टिनमा प्रयोगमा ल्याउने गरी होटल व्यवसायीसँगको समन्वयमा मकवानपुर होटल एसोसिएसनले गत जेठको अन्तिम साता व्यवस्था गरेको थियो । विदेशबाट फर्किएकाले शुल्क तिरेर बस्नका लागि सेवाग्राहीलाई प्याकेज सेवा दिनेगरी जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सूची बुझाए पनि सीमित व्यक्ति मात्र बस्न आएपछि होटललाई क्वारेन्टिन बनाउने अवधारणा प्रभावकारी नदेखिएको हो।

फाइल फोटो

होटल एसोसिएसनका मकवानपुर अध्यक्ष शङ्करलाल श्रेष्ठले होटललाई क्वारेन्टिनमा प्रयोगमा ल्याउने घोषणा गरिए पनि बस्न आउनेको सङ्ख्या कमी भएकाले होटलका कोठाहरू खासै प्रयोगमा नआएको जानकारी दिए।

उनले होटलमा सेवाग्राहीले महँगो भएको भन्ने र समूहमा बस्न नआउँदा होटल सञ्चालकले खर्च धान्नै नसक्ने भएकाले क्वारेन्टिनका रूपमा सञ्चालनमा आउने नसकेको भन्दै कोरोना भाइरस सङ्क्रमित राख्दा स्वास्थ्य सुरक्षाका कारण विद्युत्, पानीलगायतमा बढी खर्च हुने गरेको बताए।

एसोसिएसनले बिहान–बेलुकाको खाना, बिहानको नास्ता र दिउँसोको खाजा र सुत्ने व्यवस्थासहित सेवाग्राहीलाई प्याकेज सेवा दिनेगरी हेटौँडाका १० होटलका २०५ वटा कोठा क्वारेन्टिनमा प्रयोगमा ल्याउन तयार गरिएको थियो। यो समाचार गोरखापत्र दैनिकमा छ।





Comments

comments

38225