रक्सी खाएर संविधानसभा तोडफोड गरिएको खुलासा

काठमाडौँ, ७ माघ। संविधान बनाउन संविधानसभा पुगेका एकीकृत माओवादी र मधेसी मोर्चासहितका सभासदहरुले संविधानसभामा मंगलवार गरेको तोडफोड र आक्रमणको सर्वत्र आलोचना भएको छ।

स्वदेश तथा विदेशमा रहेका नागरिकहरुले सामाजिक सञ्चाजलमार्फत गरेको टिप्पणीमा एकीकृत माओवादी र अन्य दलका सभासदहरु अझै जंगली स्वभाववाट मुक्त नभएको, आफूलाई मन नपरेपछि आक्रमण नै गरेर सिध्याउने शैलीमा लागेको टिप्पणी गरेका छन्।

संविधानसभामा भएको घटनाका बारेमा कुनै कुनै टिप्पणी त लेख्न र भन्न पनि नसकिने गरी आक्रोश व्यक्त गरिएको छ। मंगलवार विहान २ बजे संविधानसभामा भएको आक्रमण र तोडफोडका कारण संविधानसभा भवनको बैठक कक्ष रणभूमिमा परिणत भएको थियो।

एकीकृत माओवादी र मधेसीवादी दलका सभासदहरुले गरेको कुर्सी, माइक र टेबुल तोडफोड पुनर्निमाण गर्न केही दिन लाग्ने भएकाले मंगलवार आफैले भाँचेको कुर्सी र टेबलमा हेर्दै सभासदहरु बसेका थिए। सचिवालयका अनुसार तोडफोडबाट ५० लाख भन्दा बढीको क्षति भएको समाचार आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छापिएको छ।

कतिपय सभासदहरुले मादक पदार्थसमेत सेवन गरेको पाइएको मर्यादापालकहरुले बताएका छन्। एक जना मर्यादापालक भन्दै थिए–सभाध्यक्षलाई आक्रमण गर्ने गरी जुत्ता फ्याक्ने र रोस्ट्रमै पुग्ने तथा अन्य केही सभासदलाई समाउन जाँदा मादक पदार्थ निकै गनाएको थियो। माननीयज्यूलाई हामीले केही भन्न पनि नमिल्ने के गने?’ सचिवालय स्रोतका अनुसार कतिपय सभासदले महिला शौचालयको प्रयोग गरेर मादक पदार्थ सेवन गरेका थिए।





Comments

comments

3885