BREAKING: हङकङका पी १ देखि पी ३ सम्मका कक्षाहरु डिसेम्बर ६ सम्म बन्द हुने…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २० नोभेम्बर। हङकङमा कोरोना भाइरसको जस्तो लक्षणसहित फ्लूको प्रकोपले बच्चाहरु भकाभक विरामी पर्न थालेपछि प्राइमरी स्कूलका पी १ देखि पी ३ सम्मका कक्षाहरु बन्द हुने भएका छन्।

खाद्य तथा स्वास्थ्य सचिव डा. सोफिया चानले युआरटीआई ( upper respiratory tract infections) प्रकोपका कारण आगामी सोमबार नोभेम्बर २३ तारिखदेखि अर्को महिना डिसेम्बरको ६ तारिखसम्म पी वानदेखि पी थ्रीसम्मका कक्षाहरु बन्द हुने जनाएकी छन्।

शुक्रवार दिउंसो मिडिया सम्मेलनमा बोल्दै डा. चानले गत शनिवार १४ तारिखदेखि बन्द रहेका किन्डरगार्टेनका कक्षाहरु पनि डिसेम्बर ६ तारिखसम्म बन्द हुने जनाएकी छन्।

फोटो सौजन्यः द स्ट्याण्डर्ड

खाद्य तथा स्वास्थ्य विभागले फेरि अवस्थाको समीक्षा गरेर यसलाई विस्तार गर्ने कि नगर्ने भनेर विचार गर्ने डा. चानले बताइन्।

डा. चान अनुसार खास गरी किन्डरगार्टेन तथा बाल हेरचाह केन्द्रहरूमा युआरटीआईको प्रकोप देखिएको छ। अहिलेसम्म ४,०४० बालबालिकाहरु यस प्रकोपबाट प्रभावित भएका छन्। ४३९ विद्यालयहरुमा यो प्रकोप फैलिएको छ।





Comments

comments

39358