हङकङमा नेपाली पुरुषद्वारा झुण्डिएर आत्महत्या…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २९ डिसेम्बर। नेपाली पुरुषले सोमवार राति झुण्डिएर आत्महत्या गरेका छन्।

हिजो राति करीव ९ बजे याउ मा तेईस्थित ८१ ब्याट्री स्ट्रीटमा ३१ वर्षीय पुरुष झुण्डिएको अवस्थामा देखेपछि उनका ५८ वर्षीय बुबाले प्रहरीलाई उद्धारको लागि खबर गरेका थिए।

प्रहरी र एम्बुलेन्स घटनास्थलमा पुग्दा उनको मृत्यु भइसकेको पुष्टि गरेको छ।

प्रहरीले मृतक ३१ वर्षीय नेपाली पुरुष रहेको पुष्टि गरे पनि उनको नाम सार्वजनिक गरिएको छैन।

घटनास्थलमा कुनै आत्महत्याको नोट नभेटिएको प्रहरीले जनाएको छ।

उनको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

फोटो : hk01.com

आत्महत्या रोक्नका लागि हेल्पलाइन: 28960000





Comments

comments

39805