हङकङमा यो यामकै पहिलो सर्वाधिक चिसो रात, ताई मो शानमा पुग्यो माइनस १.२ डिग्री सेल्सियस

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ३१ डिसेम्बर। हङकङमा गएराति यो यामकै पहिलो सर्वाधिक चिसो तापक्रम मापन गरिएको छ।

हङकङ अब्जरभेटरीले गएराति ताई मो शान डाँडाको न्यूनतम तापक्रम माइनस १ दशमलव २ डिग्री सेल्सियस मापन गरेको छ।

ङग पिंगको न्यूनतम तापक्रम १.६ डिग्री सेल्सियस रेकर्ड गरिएको छ।

फाइल फोटो

कडा मनसून र चिसो मौसमका कारण हङकङका सबै जिल्लाका न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस भन्दा कम रहेका थिए। न्यु टेरिटोरिजको न्यूनतम तापमान ७ डिग्री सेल्सियस भन्दा कम रहेको थियो।





Comments

comments

39835