चैत १७ गतेदेखि पोखरामा १९ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता हुने….

पोखरा १७, माघ। पोखरामा आउँदो चैत १७ गतेदेखि १९ औं संस्करणको मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब स्तरिय आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७७ हुने भएको छ।

प्रतियोगिता पोखरा रंगशालामा २०७७ चैत १७ गते देखि चैत २८ गतेसम्म हुने भएको सहारा क्लवले आज(शनिबार) पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको हो।

प्रतियोगिता सञ्चालन गर्न समय तालिका अखिल नेपाल फुटबल संघबाट आयोजकलाई प्राप्त भएको क्लवका अध्यक्ष केशव बहादुर थापाले बताए। “खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्येश्यका साथ आयोजना हुने उक्त प्रतियोगितामा विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखरा सहित १२ टिम सहभागी हुने तयारीमा जुटेको अध्यक्ष थापाले जनाए।

.

गत वर्षको विजेता मनाङ्ग मर्यास्याङ्गदी क्लब र उपविजेता नेपाल पुलिस क्लब रहेको थियो । “आत्मा साँक्षी राखि मन, वचन र कर्मले समाजिक सेवा गरौं” भन्ने उद्येश्यका साथ वि. स. २०५५ सालमा पोखराको पुरानो बसपार्कमा स्थापित यस सहारा क्लब पोखराले आयोजन गर्ने प्रतियोगिताबाट बचत रकम सहारा एकेडेमीमा रहेका वालकहरुको भरणपोषणमा खर्च हुदै आएको छ । प्रतियोगितालाई पहिलो संस्करण देखी नै मुख्य प्रायोजकको रुपमा बहुचर्चित मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गर्दै आएको क्लवले जनाएको छ।

सर्वोत्कृष्ट खेलाडी पुरस्कार अप्रिला स्कुटर, अफिसियल बैंक लुम्बिनी विकास बैंक, फेयर प्ले पुरस्कार प्रायोजक रोयल इन्फिल्ड बुलेट बाईक, सर्वाधिक गोलकर्ता पुरस्कार सनराईज ड्राईभिङ्ग स्कुल प्रा. लि. रहेको छ।

त्यसै गरी अफिसियल होटल पार्टनर होटल वेयन भेनु, वल्ड लिङ्ग, सिताज्, सहयोगी संस्था साथै राष्ट्रिय खेलकुद परिषद/अखिल नेपाल फुटबल संघ/पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति/जिल्ला खेलकुद विकास समिति कास्कीर कास्की जिल्ला फुटबल संघ सहारा यु.के., सहारा क्लब हङ्गकङ्ग, सहारा क्लब अष्ट्रेलिया समेतको बिशेष सहयोग गर्दै आएको महासचिव रामजी प्रसाद अधिकारीले बताए।

.

पोखरा महानगरपालिकाको संयोजनमा क्लबले यस प्रतियोगिताको आयोजना गर्ने लक्ष्य राखेको छ। प्रतियोगिताबाट १ करोड ३० लाख १ हजार रुपैया आम्दानी गर्ने लक्ष्य राखिएको उनले जनाए। ११ दिन संचालन हुने उक्त प्रतियोगिता सम्पन्न गर्न भने १ करोड १ लाख ८१ हजार रुपैयाँ अनुमान खर्च हुने अनुमान गरिएको क्लवले जनाएको छ।

यस प्रातियोगिता क्याराभान गोल्ड कपसहित २० वर्षदेखि निरन्तर सञ्चालन भएको हो । उक्त प्रतियोगितामा वचत हुन आएको रकम क्लबबाट संचालित सहारा फुटबल एकेडेमीमा खर्च हुदै आएको बरिष्ठ उपाध्यक्ष हरिराम गुरुङ(सुरज)ले बताए। तेश्रो व्याचको एकेडेमीमा हाल १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन्।





Comments

comments

40333