हङकङ कोरोना अपडेट : १९ सङ्क्रमित थपिए, एम्बुस लकडाउन जारी …

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ६ फेब्रुवरी। हङकङमा २४ घण्टाभित्र थप १९ जनामा कोरोना संक्रमणको पुष्टि भएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

यससंगै, हङकङमा कोरोना सङ्क्रमितको संख्या १०,६०९ पुगेको छ। संक्रमितहरुमध्ये १६ स्थानीय र ३ जना आयातित रहेका छन्।

संक्रमितहरुमध्ये १० पुराना केससंग संबन्धित छन् भने ६ जनाको संक्रमणको स्रोत खुलेको छैन। कुल सङ्क्रमितहरूमा २ वर्षदेखि ८३ वर्ष उमेर बीचका ९ पुरूष र १० महिला रहेका छन्।

एयरपोर्ट थ्री रनवे सिस्टम निर्माण साइटमा काम गर्ने कोरोना सङ्क्रमितको क्लोज कन्ट्याकमा रहेका थप ३ जनामा कोरोना पोजेटिभ देखिएको छ। यससंगै यो समूहको कोरोना सङ्क्रमितको सङ्ख्या २७ पुगेको छ। उनीहरुमध्ये १५ जना कामदार र क्लोज कन्ट्याकमा रहेका १२ जना रहेका छन्।

बीएनओ BN(O) पासपोर्ट प्रतिबन्ध भएपछि हङकङका नेपालीलाई तनाव!
किन यस्तो गर्यो… हङकङले..? भिडियो समाचार हेर्नुहोस्
🙏

….. ….. ….

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म ९,८२८ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ५४५ जनाको उपचार भइरहेको छ। २४ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

हङकङमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८६ पुगेको छ।

आज पनि लकडाउन

सरकारले कोरोना नियन्त्रणको लागि आज पनि एम्बुस लकडाउन जारी गरेको छ। टो क्वा वानको मा ह्यान चुङ्ग रोडस्थित वाह फाट बिल्डिङ्गमा निषेधित क्षेत्र घोषणा गरी एम्बुस लकडाउन जारी गरेको छ।

To Kwa Wan
Wah Fat Building, Ma Hang Chung Road

माथि उल्लेखित भवनमा भोलि बिहानसम्म लकडाउन जारी गरेको छ। त्यहाँ बस्ने सबैलाई अनिवार्य भाइरस टेस्ट गराइने जनाइएको छ।

सरकारले कोरोना नियन्त्रणको लागि गतराति २ ठाउंमा निषेधित क्षेत्र घोषणा गरी भाइरस टेस्ट गरिएको थियो। युन लङको मा वाङ्ग रोडस्थित फू लोय गार्डेनमा र मा अन शानमा १०३३ जनामा गरिएको भाइरस टेस्टको रिजल्टमा सबै जनामा कोरोना नेगेटिभ देखिएको जनाइएको छ।

File Photo: TRTWORLD




Comments

comments

40510