हङकङ कोरोना अपडेट : ३२ सङ्क्रमित थपिए, एउटै विद्यालयका १३० जनालाई क्वारेन्टिन, जोर्डन र शम शुई पोमा एम्बुस लकडाउन …

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ८ फेब्रुवरी। हङकङमा २४ घण्टाभित्र थप ३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

यससंगै, हङकङमा कोरोना सङ्क्रमितको संख्या १०,६६८ पुगेको छ। संक्रमितहरुमध्ये २८ स्थानीय र ४ जना आयातित रहेका छन्। आयातित सङ्क्रमितमा पाकिस्तानबाट ३ र फिलिपिन्सबाट आएका १ जना रहेका छन्।

संक्रमितहरुमध्ये २२ पुराना केससंग संबन्धित छन् भने ६ जनाको संक्रमणको स्रोत खुलेको छैन। कुल सङ्क्रमितहरूमा ८ महिनादेखि ८३ वर्ष उमेर बीचका १२ पुरूष र २० महिला रहेका छन्।

Jordan lockdown

एयरपोर्ट थ्री रनवे सिस्टम निर्माण साइटमा काम गर्ने थप १ जनामा कोरोना पोजेटिभ देखिएको छ।

शाउ केई वान सेकण्डरी गोभरन्मेन्ट स्कूल क्वेरी बेका एक विद्यार्थीमा कोरोनाको प्रारम्भिक लक्षण देखिएपछि त्यहाँका विद्यार्थी र शिक्षक गरी १३० जनालाई क्वारेन्टिनमा पठाउने भएको छ। साथै सम्पर्कमा आएका सबैले अनिवार्य भाइरस टेस्ट गर्नुपर्ने भएको छ।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म ९,९१८ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ५०१ जनाको उपचार भइरहेको छ। २४ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

हङकङमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८६ पुगेको छ।

File Photo: TRTWORLD

आज पनि २ ठाउमा लकडाउन

सरकारले कोरोना नियन्त्रणको लागि आज पनि निषेधित क्षेत्र घोषणा गरी २ ठाउंमा एम्बुस लकडाउन जारी गरेको छ।

Jordan
Man Ying Building, 2-24 Man Ying Street, Ferry Point
Sham Shui Po
Hang On Building, 88-90 Fuk Wing Street/46A-46C Kweilin Street

माथि उल्लेखित भवनमा भोलि बिहानसम्म लकडाउन जारी गरेको छ। त्यहाँ बस्ने सबैलाई अनिवार्य भाइरस टेस्ट गराइने जनाइएको छ।

Sham Shui Po lockdown




Comments

comments

40541