हङकङ कोरोना न्युज अपडेट : ३० सङ्क्रमित थपिए, दुई ठाउंमा एम्बुस लकडाउन…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १५ मार्च। सेन्टर फर हेल्थ प्रोटेशनले पछिल्लो २४ घण्टामा हङकङमा थप ३० जनामा कोरोना संक्रमणको पुष्टि भएको जनाएको छ। यससंगै कोरोना सङ्क्रमितको संख्या हङकङमा ११,३१२ पुगेको छ।

संक्रमितहरुमध्ये १६ स्थानीय र १४ जना आयातित रहेका छन्।

सङ्क्रमितहरुमध्ये १५ पुराना केससंग संबन्धित छन् भने १ जनाको संक्रमणको स्रोत खुलेको छैन। कुल सङ्क्रमितहरूमा १७ देखि ८१ वर्ष उमेर बीचका १३ पुरूष र १७ महिला रहेका छन्।

थप १३ जनामा अरसस फिट्नेस सेन्टरबाट सङ्क्रमण फैलिएको जनाएको छ। यससंगै फिट्नेस सेन्टरबाट सङ्क्रमित हुनेको संख्या १२२ पुगेको छ। तिमध्ये कर्मचारी, ग्राहक र उनीहरुको नजिकको सम्पर्कमा रहेकाहरू रहेका छन्।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म १०,७६९ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। २७९ जनाको उपचार भइरहेको छ। १३ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २०३ पुगेको छ।

एम्बुस लकडाउन
साई यिंग पुन र हिंग वाह मेन्सन मिड-लेभलमा एम्बुस लकडाउन लागू गरी अनिवार्य भाइरस परीक्षण गराउने भएको छ।

फाइल फोटो




Comments

comments

41069