अमेरिकामा यादब र श्रेष्ठलाई फेसनको ताज ​

विजय थापा / एचकेनेपाल डट कम-
भर्जिनिया। अमेरिकाको डिसी महानगर क्षेत्रको टाइसन कर्नरस्थित शेराटनमा ३२ औ एएन डिसी सम्मेलनको अवसरमा आयोजना गरिएको एएनए फेशन एक्स्ट्रा भ्यागेंजा २०१४ भब्यताको साथ सम्पन्न भएको छ।

३२ औ एएनए सम्मेलनको दोश्रो दिन सम्पन्न भएको एएनए फेशन एक्स्ट्रा भ्यागेंजा २०१४ मा मिस्टर एएनए नेपाल, सुवास यादब र मिस एएनए नेपाल रिया श्रेष्ठले बिजयी भएका छन्।

यादब नेपाल सर्लाहीका हुन् भने अमेरिकामा टेक्सासको बर्लेसनमा बसोबास गर्दै आएका दूग्ध बिज्ञानका बिद्यार्थी हुन्। यसै गरि मिस एएनए नेपालको ताज प्राप्त गर्ने रिया श्रेष्ठ अमेरिकाको मीनेसोटामा बसोबास गर्छिन भने उनी कम्प्युटर (समगणक) बिज्ञानकी बिद्यार्थी हुन्।

प्रतियोगिताको लागि अन्तिम १६ जना प्रतियोगीहरुमा ८ जना महिला तथा ८ जना पुरुष छनौटमा परेका थिए भने उक्त प्रतियोगितामा अधिकांश सहभागी बिद्यार्थी रहेका थिए।

मिस्टर वोग एएन ए सुबास यादब तथा मिस वोग एएनए हुने रिया श्रेष्ठलाई अमेरिकाबाट नेपाल जाने आउने दुवै तर्फको हवाई टिकट तथा अन्य पुरस्कारहरु प्रदान गरिएको छ।

हवाई जहाजको टिकटको प्रायोजन गर्ने एरो नेपाल ट्रावल तथा एअर जोन ट्रावलले गरेको छ। एरो नेपाल ट्रावलका संचालक राकेश तुलाधर भन्छन् यो हाम्रो लागि सुवर्ण अवसर हो भन्दै यस्तो कार्यक्रममा आफूले समाजलाई सहयोग गर्दै आएको बताए।

बिगत सात बर्षदेखि भेषभूषा प्रदर्शन गराउदै आएको जानकारी संचालक शरद बिक्रम सिंहले दिए। उनले अझ व्यवस्थित र आधुनिकीकरण गर्ने सोचका साथ अगाडि बढ्ने बताए।


फोटोः इनेपालिज डट कम





Comments

comments

424