वामदेवमाथि कारबाही गर्न उनकै पीएको माग!

तेस्रोपटक गृहमन्त्रालयको बागडोर सम्हालेका उपप्रधानमन्त्री वामदेव गौतमको सचिवालयमा कार्यरत कर्मचारीहरु नै उनीविरुद्ध क्रियाशील रहेको खुलासा भएको छ।


फाईल फोटो

गौतम जतिपटक गृहमन्त्री भए पनि उनको सचिवालयमा सदाबहार पीए बस्दै आएका जयराम भण्डारी र एमालेनिकट कर्मचारी संगठनका अध्यक्ष पुण्य ढकाल लगायतका कर्मचारीहरुले गौतममाथि अनुशासन उल्लंघन गरेको आरोपमा काबाही गर्न माग गरेको एउटा पत्र साँघु साप्ताहिकले फेला पारेको समाचारमा जनाइएको छ।

निजामती सेवा ऐनको २४ को उपदफा (घ१) अनुसार शाखा अधिकृतमा बढुवा भएका भण्डारी र ढकाल गृहअन्तर्गतका अध्यागमन कार्यालय, आकर्षक जिल्ला प्रशासन कार्यालयमा सरुवा गर्दै फाइदा लिनेमा पर्छन्।

गृहमन्त्री गौतमले अहिलेसम्म तीनपटक गृहमन्त्रालय सम्हाल्दा भण्डारी र ढकालले सरुवामा लाभ लिने गरेका छन्। गृहमन्त्री गौतमले अतिविश्वास गरेका तिनै भण्डारी र ढकालले उनीमाथि अनुशासनको कारबाही गर्न माग गर्द पार्टी केन्द्रीय कार्यालय बल्खुमा ज्ञापनपत्र बुझाएका रहेछन्।





Comments

comments

4568