फेसबुकमा ‘लाइक’ र ‘कमेन्ट’ बढाएर साइबर सेलिब्रेटी नबन्न चेतावनी

काठमाडौं, फागुन १४ – नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले फेसबुकमा ‘लाइक’ र ‘कमेन्ट’ बढाएर साइबर सेलिब्रेटी नबन्न मातहतका अधिकारीहरुलाई चेतावनी दिएका छन्। फेसबुकमा आफ्नो प्रचार प्रसार गर्ने प्रहरीलाई विभागीय कारबाही गर्ने बताएका छन्।

सोमबार बढुवामा भएका डीएसपीलाई फुली लगाउने कार्यक्रममा अर्यालले साइबर सेलिब्रेटी बन्ने प्रवृति गलत भएको बताए। नेपाल प्रहरीले फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जाल प्रयोगका लागि निर्देशिका नै बनाएर लागू गरेको छ। जसमा राजनीतिक टिप्पणी नगर्न, नीति विपरित संगठनसम्बन्धी टीका–टिप्पणी गर्न नहुनेलगायतका विषय औंल्याइएको छ।

तैपनि,केही प्रहरी अधिकारीले फेसबुकमै नेतृत्वको आलोचना गर्ने तथा आफ्नो कामको प्रचारप्रसार गर्दै आएका छन्। सामाजिक सञ्जालमा प्रचार प्रसार र आलोचना गर्दा सुरक्षा संगठनलाई असर पुर्याउने भन्दै आइजिपी अर्यालले अबदेखि त्यस्ता प्रहरीलाई विभागीय कारबाही गर्ने चेतावनी दिएका छन्। उच्च तहका प्रहरी अधिकारीहरुले पनि वेलावेलामा संगठनको गतिविधिबारे फेसबुकमै असन्तुष्टि पोख्ने गरेका छन्। कामको वास्तविक मूल्यांकन हुने भन्दै आइजिपी अर्यालले फेसबुकमा लाइक र कमेन्ट बढ्दैमा आन्तरिक नम्बर नबढ्ने बताए।





Comments

comments

4641