पञ्चासे समाज यूकेको भेटघाट कार्यक्रम

एचकेनेपाल डट कम संवाददाता-
लण्डन। बेलायतको कम्बरल्याण्डरोडस्थित वायसहाउस कम्युनिटि हलमा शनिवार पञ्चासे समाज यूकेको वार्षिक भेला बडो रमाइलो गरेर सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष सुमलकुमार गुरुङको सभपतित्वमा सम्पन्न्न कार्यक्रमलाई संस्थाका सचिव जया गुरुङले सञ्चालन गरेका थिए। कार्यक्रममा नेपालका पर्यटकीय धार्मिक स्थल पञ्चासे से’रोफेरोका चित्रे, राम्जा, राँपु तथा वरिपरिका क्षेत्रबाट बेलायतभरि बस्दै आएका व्यक्तिहरुको गतिलो सहभागिता रहेको थियो।

समाजकी सबैभन्दा वृद्धा सदस्य बत्तीकुमारी गुरुङकी प्रमुख आतिथ्य रहेको वार्षिक भेटघाट कार्यक्रमलाई प्रमुख अतिथि तथा अध्यक्षद्वारा द्वीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो। त्यसपछि नेपाल र बेलायतका राष्ट्रिय धूनहरु बजाएपछि कार्यक्रम कार्यक्रमलाई समाजका सचिव जया गुरुङले अत्यन्त प्रभावकारी ढंगले जीवन दिएको थियो।

बेलायतको प्रचलित कानून अनुसार सबै सहभागीहरुको सूचनार्थ यस कार्यक्रमलाई स्वास्थ्य तथा सुरक्षा सम्बन्धि जानकारी समाजका सल्लाहाकार आरकुमार गुरुङले दिएका थिए। कार्यक्रमको लागि स्वागत मन्तव्य समाजका वरिष्ठ उपाध्यक्ष शान्त बहादुर गुरुङले प्रकट गरेका थिए । मन्तव्य प्रकट गर्नेहरुमा क्रमशः समाजका सल्लाहकार धन बहादुर गुरुङ, संस्थापक अध्यक्ष तथा सल्लाहकार ल.ेरि. दान बहादुर गुरुङ तथा सल्लाहकार विष्णु गुरुङले आ–आपफ्ना मन्तव्यहरु प्रकट गरेका थिए।

कार्यक्रमलाई सफल पार्नका लागि समाजका विभिन्न व्यक्तित्वहरुले प्रायोजन गरेका थिए। शिक्षा तथा अरु विषयमा उपलब्धि प्राप्त गरेका सदस्यहरुलाई विगतका वर्षहरुमा झै यसपटक पनि सम्मान गरिएको थियो। कार्यक्रमलाई समाजका सदस्य हरिकाजी गुरुङले सञ्चालन गरेका थिए।

सम्मान प्राप्त सदस्यहरु डा. नारायण गौतम, सिमान्त गुरुङ, अबिना गुरुङ र डा. उमेश गुरुङलाई समाजका अध्यक्ष सुमलकुमार गुरुङले खादा ओढाएर सम्मान गरेका थिए। त्यसैगरि नेपालबाट तथा अमेरिकाबाट बेलायत भ्रमणमा आएका समाजका आफन्तहरु, पहिलोचोटि समाजको भेलामा सहभागी भएका नवदम्पतिहरु, जुँवाईचेलीहरु सबैलाई समाजका अध्यक्षले स्वागत गर्दै खादा ओढाएर सम्मान गरेका थिए। ‘समाजलाई ३०० पाउण्डभन्दा बढिदिने सहयोगकर्तालाई प्रत्येकवर्ष प्रशंसापत्र साथै खादा ओढाएर सम्मान गर्ने परम्परा अनुसार यसवर्ष समाजका सल्लाहकार धनबहादुर गुरुङले ३५० पाउण्ड, समाजकी चेली कर्ण कुमारी गुरुङ ३०० पाउण्ड तथा उधोगपति मिठुलाल विकले ५०० पाउण्ड अािर्थक सहयोग दिएबापत सम्मान प्रदान गरिएको थियो।

औपचारिक कार्यक्रमको अन्ततिर प्रमुख आतिथि बत्तीकुमारी गुरुङबाट अशिर्वाद तथा धन्यवाद प्रकट गरेकी थिईन्। समाजका अध्यक्ष सुमलकुमार गुरुङले अन्तमा धन्यवाद तथा आभार व्यक्त गरेका थिए। उनले आफ्नो आभार तथा धन्यवाद प्रकट गर्नेक्रममा समाजका केहि कर्मठ रेडिङ सदस्यहरुले व्यवस्थापन गरेको कार्यक्रम अत्यन्त सफल भएकोमा उनिहरुलाई विशेष धन्यवाद ज्ञापन गरेका थिए। साथसाथै उनले भर्षभरि गरेका आर्थिक सहयोगको कार्यक्रम, नेपालमा रहेका युद्धबहादुर गुरुङकी धर्मपत्नि सिकिस्त बीमारी हुंदा, दुबै किड्नीले काम गर्न छाडेका लक्ष्मण बिकलाई आर्थिक सहयोग तथा आर्थिक सङक्लनका लागि आयोजना गरिएको समर धमाका सांगीतिक कार्यक्रम जुन कार्यक्रममा प्रेम राजा महत तथा शान्तिभण्डारीलाई बोलाएका थिए। ती सबै सकारात्मक सफल कार्यक्रमहरुबारे प्रकाश पारेका थिए।

अन्तमा सहभागी सबैलाई आभार तथा धन्यवाद ज्ञापन गरेर औपचारिक कार्यक्रम समापन गरेका थिए। कार्यक्रमको दोश्रो चरणमा सांस्कृतिक कार्यक्रम र चिट्ठा खोल्ने कार्यक्रम रहेको थियो। सांस्कृतिक कार्यक्रमलाई समाजका सदस्य प्रदिप गुरुङ तथा चिट्ठा कार्यक्रमलाई सारादेवी गुरुङले सञ्चालन गरेका थिए। कार्यक्रम रोचक र रमाइलो थियो। सबै अन्तमा डिजेमा नाच्दै आबेर रातिसम्म भरपूर आनन्द लिँदै थिए।





Comments

comments

796