हाईकिङ गएका दाजु र बहिनीको समुद्रमा डुबेर मृत्यु, अर्का भाइ घाइते…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १४ जनवरी। शेक ओनजिकै समुन्द्रमा डुबेर दाजु र बहिनीको आज आइतवार दिउँसो मृत्यु भएको छ भने अर्का भाइ घाइते भएका छन्।

स्थानीय मिडियाका अनुसार आज दिउँसो १२:५२ मा ताइ ताउ नजिकैको शेक ओमा रहेको शान साई रोडमा दुई पुरुष र एक महिला पदयात्री आकस्मिक रूपमा समुन्द्रमा खसेर डुबेको खबर पाएपछि प्रहरी र उद्धारकर्मीहरू घटनास्थल पुगेका थिए।

उद्धारकर्मीहरू सरकारी उडान सेवाको हेलिकप्टर र डुङ्गा लिएर सहायताका लागि त्यहाँ पुगेका थिए।

एकजना पुरुष आफैं किनारमा चढेका थिए भने अन्य एक पुरुष र महिलालाई उद्धार गरिएको थियो। तर, अचेत अवस्थामा इस्टर्न जिल्ला अस्पताल पठाइएको थियो। पछि दुवै दाजु र बहिनीको मृत्यु भएको पुष्टि भएको थियो।

घटनामा संलग्न तीनै जना सहोदर दाजुभाइ र दिदीबहिनी रहेको बुझिएको छ। उनीहरु मुख्य भूमि चीनबाट आएका थिए।

जेठो दाजु ६१ वर्ष, दोस्रो बहिनी ५७ वर्ष र तेस्रो भाइ ५५ वर्षका छन्। घटना हुनु अघि, छ जनाको समूह शेक ओ घुम्न गएको थियो र किनारमा फोटो खिच्यो। यही अवधिमा दोस्रो बहिनी संयोगवश चिप्लिएर समुन्द्रमा खसेकी थिइन्। उनलाई बचाउन दाजुभाइ तुरुन्तै समुद्रमा हाम फाले। तर, दुईलाई छालले बगाएका थिए भने अका भाइ आफैं किनारमा चढेका थिए। भाइको खुट्टामा चोट लागेको छ।

दुर्भाग्यवश, अस्पताल पुर्याइएका दाजु र बहिनी दुवैको मृत्यु भयो।

फेसबूक लिङ्क यसमा





Comments

comments

100450