Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

राहत गोदाममै, भूकम्पपीडित सकसमा

गोरखा, विनाशकारी भूकम्पले सिंगो गाउँमा पहिरो गएपछि बारपाक–५ कामीगाउँका ५२ परिवार विश्वकर्मा अहिले ४ नम्बर वडामा रहेको सार्वजनिक जग्गामा टहरो बनाएर बसेका छन्।

आठ महिना शिविरमै बिताएका उनीहरु दीर्घरोगबाट थलिन थालेका हुन्। स्थानीय सुनिता विक भन्छिन्, ‘यहीँ बसेपछि मलाई हाडजोर्नी दुख्ने रोगले भेट्यो।’

चिसोका कारण शिविरमा कसैलाई दम, कसैलाई पेट दुख्ने, कसैलाई आँखा दुख्ने,कसैलाई रगतमासी पर्नेलगायत समस्याले सताइरहेको उनले सुनाइन्। चिसो बढेर बस्ती रोगाउन थालेको अर्की स्थानीय सुनमाया विकले बताइन्। ‘हिमालको चिसो स्याँठ सीधै टाउकोमा पर्छ,’ विकले भनिन्, ‘चिसोले जोर्नी दुखेर उठ्न–बस्न नसक्ने भएकी छु। झन् बेलाबेला भुइँचालो गइरहन्छ । केटाकेटीलाई हातमा झुन्ड्याउँदै भीरभीर, कान्लाकान्ला हाम फाल्दाफाल्दै गरिखाने ज्यान बिग्रियो।’

बारपाकमात्र होइन, यहाँभन्दा माथिका धेरै जाडो हुने र भूकम्पबाट बढी प्रभावित २४ गाविसको अवस्था कष्टकर हुँदै गएको छ।

बारपाकमात्र होइन। यहाँभन्दा माथिका धेरै जाडो हुने र भूकम्पबाट बढी प्रभावित २४ गाविसको अवस्था निकै कष्टकर हुँदै गएको छ। तर न्यानोका लागि भनेर जिल्ला दैवी प्रकोप उद्धार समितिले संकलन गरेका राहत सामग्री तीन महिनादेखि सदरमुकामको गोदाममै थन्किएका छन्। थन्केका सामग्री कतिपय मिति नाघिसके, कतिपय मुसाले काटेर नष्ट गरिसको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ।





Comments

comments

Leave a Reply

10050