Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

चीनबाट इन्धन ल्याउने नाममा लाखौं ब्रम्हलुट, तर आएन इन्धन…

चीनबाट इन्धन ल्याउने सम्झौताका नाममा सरकारी कर्मचारीले ब्रम्हलुट मच्चाएको छ।

चीनबाट इन्धन ल्याउने र बंगलादेशमा सम्भाव्यता अध्ययन गर्ने नाममा साढे ३१ लाख भन्दा बढी रकम खर्च भइरहेको छ। तर, उपलब्धी भने शून्य रहेको छ।

चीनबाट इन्धन ल्याउने भन्दै हालसम्म तीनवटा सरकारी टोली चीन पुगे पनि उपलब्धी भने केही भएको छैन। यसैगरी एक पटक सरकारी टोलीले बंगलादेश पनि भ्रमण गरेका छन्।

वाणिज्य तथा आपूर्ति मन्त्रालय भित्रै अहिले चीन पुगेर फर्किएको टोलीको आलोचना हुन थालेको छ। बिहीबार मन्त्रालयमा तिनै टोलीप्रति ब्यङ्ग्य गर्दै केही कर्मचारीले भन्दै थिए- तेल ल्याउने नाममा चीन केही कर्मचारीको लागि ससुराली बनेको छ, राज्यको ढुकुटी व्यर्थैमा खर्च भएको हिसाब कसले गर्ने? आजको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ।





Comments

comments

Leave a Reply

10092