कनकमणि दीक्षितलाई अख्तियारले तानेको अर्को कारण यो पनि रहेछ…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले द साउथ एसिया ट्रस्टका नाममा नर्वेजियन दूतावासमार्फत लिएको ६ करोड २७ लाख रकमबारे पनि छानबिन अघि बढाएको छ । दीक्षितलाई अकुत सम्पत्तिमा छानबिन थाल्दै अख्तियारले बयानका लागि बोलाएको छ।

२२ अगस्त, २०१३ मा द साउथ एसिया ट्रस्टका नाममा काठमाडौंस्थित नर्वेली दूतावासबाट ३८ लाख ९२ हजार नर्वेली क्रोनर (करिब ६ करोड २७ लाख नेपाली रुपैयाा) सहयोगसम्बन्धी सम्झौता भएको थियो । दूतावासको लेटरप्याडमा चलानी नम्बर १३/००५८५ रहेको सम्झौतामा साउथ एसिया ट्रस्टका कार्यकारी निर्देशक दीक्षितले ‘क्षेत्रीय शान्ति र विकास प्रवद्र्धन गर्ने आमसञ्चारमाध्यमको प्रयोग परियोजना’का लागि रकम लिने उल्लेख छ।

दीक्षितले ४ वैशाख ०७१ सााझ रकम लिएको पुष्टि गरे । ‘मुलुकको कानूनसम्मत भएका कारोबारका कागजातलाई आरोपका रुपमा प्रयोग गरिनु चाहिा गलत थियो’ उनले भनेका छन् । दीक्षितले सम्झौताको कानूनी पाटोलाई समातेर सम्झौताको पक्षपोषण गरेका छन्। दीक्षित सम्पादक रहेको पत्रिकाले क्षेत्रीय शान्ति र विकास प्रबद्र्धन गर्ने के के काम गरिरहेको छ भन्ने कुरा पाठकहरुलाई समेत जानकारी छैन। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

10094