Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

उपप्रम कमल थापासंग हुने लण्डनको कार्यक्रम रद्ध, मन्त्री थापाको विरोध जारी

नेपाली समाचार / एचकेनेपाल डट कम –
लण्डन, गत १७ डिसेम्बर २०१५ का दिन उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापासंग गोर्खा सत्याग्रह समिति युकेले गर्ने भनिएको कार्यक्रम दूतावासले समय नदिएको कारण रद्ध भएको जनाएको छ।

कार्यक्रम रद्ध भएको जानकारी भएपनि मन्त्री थापाको विरोध गर्न ३ दर्जन आदिवासी जनजातिहरु दूतावासको गेटमा ब्यानर र प्ले कार्ड सहित जम्मा भएका थिए । संविधानको विरोध गरिएको र मन्त्री थापालाई युकेमा स्वागत छैन, संविधानको पूर्नलेखन गर, तराईमा मच्चाएको नरसंहार बन्द गर, तराईको जारी आन्दोलनमा मारिएका ५५ जनालाई न्याय दे आदि प्ले कार्डहरु लिएर प्रर्दशन गरेका थिए । मन्त्री थापालाई बुझाउन तयार गरिएको विरोधपत्र कार्यबाहक राजदुतलाई बुझाएका थिए । विरोध प्रदर्शनमा स्थानीय प्रहरी र मिडियाहरुको पनि उपस्थिती थियो।

नेपाल आदिवासी जनजाति महासङ्घ युकेको आयोजनामा सम्पन्न विरोध कार्यक्रममा नेपाली सङ्घीय समाज, गणतान्त्रिक जनमुक्ति समाज, सङ्घीय लिम्बुवान समाज –लिङदेन पक्ष) का पदाधिकारीहरुको उपस्थिती थियो । हामीले वर्तमान सरकारको रवैया, बेइमानी र गम्भिर त्रुटिरहेको संविधान जारी गरेको कारण विरोध गरेको कुरा महासङघ अध्यक्ष तुल छन्त्यालले बताउनु भयो । वर्तमान सरकार विरुद्ध यो पहिलो चरण विरोध मात्र भएको र दोस्रो र महत्वपूर्ण चरण शुरु भईसकेको महासचिव कर्म पहाडी शेर्पाले बताउनु भयो।

मन्त्री थापा गोर्खा भर्तिको २ सय बर्षगाँठ मनाउन नेपाल सरकारको तर्फबाट लण्डन आएका थिए। बर्षगाँठको कार्यक्रम गत १६ डिसेम्बरका साँझ सम्पन्न भएको थियो । युके सरकारबाट आयोजित बर्षगाँठ समारोहको स्वागत ढोकामा विरोध गरेर बसेका सङ्घीयवादी मोर्चा तथा मधेसीहरुको कारण मन्त्री थापा पछाडिबाट सुटुक्क प्रवेश गरेका थिए । बर्षगाँठ समारोहमा भूतपूर्व गोर्खाजन्य कुनै पनि संस्थाका पदाधिकारीहरु थिएनन् र दूतावास नजिककाहरुको मात्र सहभागिता रहेको एक सहभागि धर्म तामाङले बताउनु भयो।


तस्वीरः नेपालीसमाचार डट कम





Comments

comments

Leave a Reply

10098