Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

राष्ट्रपतिलाई बिधुवा भन्दै मधेसी मोर्चाद्वारा अपमान

मन्दिर अपवित्र भएको भन्द गंगाजल सेचन
जनकपुरधाम, मिथिलाकी छोरी सीताको विवाहको दिन ‘बिधुवा महिला’ राष्ट्रपति विद्यादेवी भण्डारी प्रवेश गरी जानकी मन्दिर अपवित्र बनाएको भन्दै मधेसी मोर्चाका कार्यकर्ताले शुक्रबार गंगासागरको पोखरीबाट जल ल्याएर मन्दिरमा सेचन गरेका छन्।

मोर्चाका कार्यकर्ताले गंगासागरबाट ल्याएको जल छर्केपछि पवित्र बनाउन भन्दै मन्दिर धोएका थिए। ‘बिधुवा प्रवेश गरेको’ दोष कट्टी गर्न उनीहरूले साँझ मन्दिरमा दीप प्रज्ज्वलनसमेत गरे।मधेसी युवाको एक समूहले बिहीबार पनि ‘बिधुवा प्रवेश गरेको’ भन्दै मन्दिरपरिसर पानीले पखाली विरोध जनाएको थियो।

मधेसी मोर्चाका कार्यकर्ताले बिहीबारदेखि नै ‘बिधुवा राष्ट्रपति मन्दिर प्रवेश गरी अपवित्र बनाएको’ भन्दै स्थानीय एफएम रेडियोहरूमा अन्तर्वार्ता दिएका थिए भने जनकपुरका विभिन्न ठाउँमा कोणसभा गरी भाषणसमेत गरेका थिए।’बिधुवा’ राष्ट्रपति भण्डारीलाई मन्दिरमा विशेष सम्मान गरिएको भन्दै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूले विरोध जनाएका थिए।

राष्ट्रपति भण्डारी बिधुवा रहेको र उनी बिहेको उत्सवमा सहभागी हुँदा सम्पूर्ण विवाहस्थल नै अशुद्ध भएको आन्दोलनकारीले बताए। जनकपुरका बुद्धिजीवी वर्ग र अधिकारकर्मीले भने महिलालाई अपमानित गर्ने अभिव्यक्ति र कार्यको निन्दा गरेका छन्।





Comments

comments

Leave a Reply

10100