Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
कोइरालालाई बाईबाई गरेर ४ हस्तीहरु देउवातिर – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कोइरालालाई बाईबाई गरेर ४ हस्तीहरु देउवातिर

कांग्रेसको बाह्रौं महाधिवेशन नजिकिँदै जाँदा शेरबहादुर देउवा आक्रामक, रामचन्द्र पौडेल रक्षात्मक र सुशील कोइराला निद्रामा देखिएको चर्चा कांग्रेस वृत्तमा चल्न थालेको छ।

नयाँ बानेश्वरमा सम्पर्क कार्यालय खोलेर अभियानमा निस्किएका देउवाले यसबीचमा कोइराला पक्षका केही प्रभावशाली नेताहरुलाई आफ्नोतिर तानिसकेका छन्। कोइराला क्याम्पका प्रभावशाली दोस्रो तहका नेतालाई भने अहिले नभई महाधिवेशनको मुखैमा तानेर पदाधिकारीको उम्मेदवार बनाउने रणनीति देउवाको रहेको खबर आजको साँघु साप्ताहिकमा छ।

पछिल्लो समय कोइराला पक्षका केन्द्रीय सदस्य तथा वैचारिक नेता चन्द्र भण्डारी देउवातिर लागेका छन्। सुशील कोइरालाले मनोनित गरेका श्याम घिमिरे समेत सम्पर्क कार्यालयमा देखिन थालेका छन्। त्यस्तै ललितपुर २ का सांसदसमेत रहेका प्रभावशाली नेता चन्द्र महर्जन मात्र होइन, मोरङ कांग्रेसका सभापति तथा पूर्वका प्रभावशाली नेता तथा सांसद् अमृत अर्याल पनि देउवातिर खुलेका छन्।

माथिल्ला नेताभन्दा तलकाहरुसँग जनाधार हुने भएकाले देउवाले पहिले जिल्ला सभापति, प्रभावशाली सांसदहरुलाई आफूतिर तान्ने रणनीति अख्तियार गरेर अगाडि बढेका छन्। देउवाले यसपाली डेढसयदेखि ३ सय मतको अन्तरमा जित्ने रणनीति बनाएको स्रोतको दाबी छ।





Comments

comments

Leave a Reply

10123