Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

चिसोले सताए भने यसो गर्नुहोस्…

चिसोका कारण टाउको दुख्न वा रुघा–खोकी लाग्न सक्छ, ज्वरो आउँछ, आँखा पाक्छ, घाँटी दुख्छ। यसबाट जोगिन हाम्रै घरमा उपलब्ध विभिन्न सामग्री प्रयोग गर्न सकिने साप्ताहिकमा लोकनाथ खनाल लेख्छन्।

– चिसोवाट जोगिन लसुन उपयोगी हुन्छ। लसुनले रोगप्रतिरोधात्मक क्षमता बढाउनुका साथै यसमा एन्टी ब्याक्टेरियल तथा एन्टी भाइरल तत्व हुन्छ।

– तीन/चारवटा लसुन एक कप पानीमा पकाएर मनतातो बनाई मह मिसाएर खाए समस्या समाधान हुन्छ।

– खाना खाँदा वा बिहान काँचो लसुन खाए पनि हुन्छ।

– चिसोबाट जोगिन मह निकै उपयोगी हुन्छ।

– मनतातो पानीमा एक चम्चा मह र कागतीको रस मिसाएर प्रत्येक २/३ घण्टामा खाँदा लाभ मिल्छ।

– अदुवाको चिया बनाएर कागती र मह मिसाई खान सकिन्छ।

– जाडोमा ज्वानोको रस पनि उपयोगी छ।

– चिसोमा बेसारको प्रयोग हितकारी हुन्छ।





Comments

comments

Leave a Reply

10125