Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पोखरामा सञ्चालन हुदै आएको प्याराग्लाइडिङ बन्द हुने

सरकारले पोखराबाट प्याराग्लाइडिङ विस्थापनको तयारी सुरु गरेको छ। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भएपछि प्याराग्लाइडिङ विस्थापनको तयारी सरकारले गरेको हो। पोखरा साहसिक पर्यटकीय प्रडक्ट प्याराग्लाइडिङको केन्द्र हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको प्याराग्लाइडिङ स्कुल स्थापनासम्बन्धी कार्यविधिअनुसार पोखरामा प्याराग्लाइडिङ प्रशिक्षण स्कुल खोल्न नपाइने छ।

पोखराबाहेकका स्थानमा मात्रै प्याराग्लाइडिङ प्रशिक्षण स्कुल खोल्न पाउनेगरी कार्यविधि बनाइएको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए।

पर्यटन मन्त्रालयले पोखराको सराङकोटमा नयाँ प्याराग्लाइडिङ कम्पनीलाई संचालन अनुमति दिन बन्द गरिसकेको खबर आजको नयाँ पत्रिका दैनिकमा छ।





Comments

comments

Leave a Reply

10182