Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

४० मन्त्री तर मन्त्रिपरिषद् अपूर्ण

प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालको नेतृत्वमा गठित उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिले हाल कायम रहेका २६ मन्त्रालयमध्ये १४ कटौती गरेर १२ मात्रै राख्न सुझाब दिएको थियो।

मुलुक संघीय संरचनामा जाादा केन्द्रीय तहको काम, कर्तव्य, अधिकार, भूमिका र जिम्मेवारीमा धेरै प्रभाव पर्ने भएकाले सानो, तर प्रभावकारी संरचना निर्माण गर्न भन्दै समितिले सरकारलाई १२ वटा मन्त्रालय कायम गर्न सुझाब दिएको थियो । तर, सरकारले आयोगको सुझाब कार्यान्वयन गर्नुको साटो नयाँ मन्त्रालयहरू गठन गरेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

मन्त्रिपरिषद्मा ६ उपप्रधानमन्त्री, २१ मन्त्री, १० राज्यमन्त्री र दुई सहायकमन्त्री भएका छन्। ६ जना उपप्रधानमन्त्री बनाएर रेकर्ड राखेका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आकार पनि सबैभन्दा ठूलो बनाएर नयाँ रेकर्ड राख्ने सम्भावना रहेको प्रधानमन्त्री ओलीनिकट स्रोतले बतायो।

बिहीबार १० जना नियुक्त भएकोमा एमालेतर्फका ६ राज्यमन्त्रीको शपथग्रहण रोकिएको छ। एमाओवादीलगायत अन्य दलका राज्यमन्त्री र सहायकमन्त्री थपिन बाँकी छ। २८ मन्त्रालयमा २८ मन्त्री, २८ राज्यमन्त्री र २८ सहायकमन्त्री हुँदा मन्त्रिपरिषद् ८४ सदस्यीय हुनेछ।





Comments

comments

Leave a Reply

10184