Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

जनता ठग्ने सहसचिवसहित पम्प सञ्चालकहरु जेल चलान

काठमाडौं, रिमोट प्रविधिमार्फत पेट्रोल पम्पहरुको ठगीमा वातावरण मन्त्रालयका सहसचिव रामआधार साह, नेपाल आयल निगम थानकोट डिपोका प्रमुख रविन शर्मासहित पम्प सञ्चालक र मिस्त्रीहरु जेल चलान भएका छन्।

ठगी मुद्दामा अदालतले बिहीबार उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको खबर आजको नयाँ पत्रिका दैनिकामा छ। सहसचिव हासलाई ललितपुर अदालतले तथा शर्मालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

रिमोट प्रविधिबाट पम्पहरुले गर्ने ठगीमा प्रहरीले १९ जनाविरुद्व बुधबार मुद्दा दायर गरेको थियो। वातावरण मन्त्रालयका सहसचिव साह, आयल निगम थानकोट डिपो प्रमुखसहित १९ जनाविरुद्व ठगी र कालोबजारी मुद्दा दर्ता गरिएको छ।





Comments

comments

Leave a Reply

10180