युकेमा यसरी मनाइयो ल्होसार (फोटोफिचर)

तमु प्ये ल्हु संघ युकेको आयोजनामा ३० डिसेम्बर २०१५ तदानुसार २०७२ पौष १५ गते बुधबारको दिनमा हेरो लेजर सेन्टर, हेरो, लण्डनमा बेलायतवासी तमुहरुले विशाल जनसहभागिताबीच तमु मौलिक महान पर्व प्र–ल्होसार महोत्सव भव्य एवं सभ्य रुपमा मनाए।

तीन चरणमा सम्पन्न गरिएको उक्त प्र–ल्होसार महोत्सवको पहिलो चरणमा ल्हु ल्होको बिदाई र प्र ल्होको स्वागत गर्दै सामूहिक पूजा अर्चना गरेका थिए । खेगी समितिको व्यवस्थापनमा सम्पन्न गरिएको उक्त पूजा पच्यु पैडी चिवा यारजङ्ग क्रोम्छे तमुको संयोजकत्वमा सम्पन्न गरिएको थियो भने पच्युगुरु र क्ल्हेप्री गुरुहरुको समूहले विधिवत रुपमा छ्योप त्हेँ, पार्क त्हेँ, ह्योँखु त्हेँ र थासोँ त्हे सम्पन्न गराएका थिए । यसैगरी पूजा समापनपछि खेगीगुरुहरुले उपस्थित जनमानसलाई रिप (प्हैरु) लगाई शुभाशिष दिएका थिए भने पुजाको लागि आवश्यक सबै सामाग्रीहरु खमिरजंग केप्छे तमु, कमला ल्होँ तमु, केरजंग प्हच्यु तमु, दुर्गा केप्छे तमु, जीत कुमार लँई तमु र पुष्पा केप्छे तमुले प्रायोजन गरी उपलब्ध गराएका थिए।

दोश्रो चरणमा संघको अध्यक्ष सोम त्होर्जे तमुको सभापतित्वमा सचिव भेग च्हाक्ली तमुले औपचारिक कार्यक्रम सन्चालन गरेका थिए। एनआरएनए आईसिसि अध्यक्ष डा. शेष घलेको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेपाली राजदूतावासका तृतीय सचिव बाबुकाजी डंगोल र अटाची दिनेश शिवाकोटी र श्रीमती जमुना घले उपस्थित हुनुहुन्थ्यो भने अन्य आमन्त्रित अतिथिहरुमा तमु प्ये ल्हु संघ काठमाण्डौका उपाध्यक्ष क्या. बीर बहादुर तमु, एनआरएन युकेका अध्यक्ष मुक्षेत्र तमु, एनआरएनए आईसिसि युरोपका अध्यक्ष कुल आचार्य, एनआरएनए अमेरिका संयोजक सोनाम लामा, एनआरएनए संरक्षकद्धय दिल तमु (जर्मनी) र सूर्य तमु (युके), एनआरएनए युकेका पूर्वअध्यक्ष मे. डमर घले, एकेन्द्र तमु, तमु धीँ युकेका अध्यक्ष रामचन्द्र (सूर्जे) तमु, तमु समाज युकेका संस्थापक अध्यक्ष चित्र बहादुर तमु, तमु समाज युकेका अध्यक्ष अर्जुन कुमार तमु, गोरखा जिल्ला तमु समाज युकेका अध्यक्ष फडकजीत तमु, रिडिङ्ग तमु समाजका अध्यक्ष कृष्ण बहादुर तमु, चारभञ्ज्याङ्ग तमु समाज युकेका अध्यक्ष ले. चन्द्र बहादुर तमु, ठकुरी समाज युकेका अध्यक्ष भक्त शाही, मगर संघ युकेका सचिव बोम सूर्यवंशी, मर्दिखोला तमु समाज युकेका अध्यक्ष हिरामान तमु, माछापुच्छ्रे समाज युकेका अध्यक्ष दिलरास तमु, बुद्धिष्ट कम्युनिटी युकेका अध्यक्ष ले. नारायण तमु, पर्वत वेलफेयर सोसाईटी युकेका अध्यक्ष नरजंग तमु, शेर्पा समाज युकेका अध्यक्ष साना शेर्पा, सिक्लेस–पार्चे तमु समाज युकेका अध्यक्ष भीम बहादुर तमु, तमु समाज युके आमा समूहकी अध्यक्ष श्रीमती माया तमु, एनआरएनए युकेका उपाध्यक्ष श्रीमती शान्ति थापा, क्या. चन्द्र बहादुर पुन, एभरेष्ट टाईम्स् साप्ताहिकका प्रतिनिधी मिलन तमु, बिबिएन टिभीका प्रतिनिधी विसन तमु, पैयुँखोला तमु समाज युकेका अध्यक्ष नर बहादुर टु तमु, नौथुम तमु समाज युकेका अध्यक्ष खम बहादुर ल्होँ तमु, टौँह्ये तमु समाज युकेका अध्यक्ष ले. डम बहादुर च्हम्रु तमु, आँधिखोला सेरोफेरो तमु समाज युकेका अध्यक्ष क्या. फत्त बहादुर प्ल्हेँ तमु, धम्पुस तमु समाज युकेका अध्यक्ष अमर त्होर्जे तमु र तमु प्ये ल्हु संघ केन्द्रिय समिति नेपालका पूर्व अध्यक्ष क्या.. भुवन सिङ्ग च्हाक्ली तमुको गरिमामय उपस्थिति रहेको थियो।

प्रमुख अतिथि डा. शेष घले र अध्यक्ष सोम त्होर्जे तमुको संयूक्त बाहुलीबाट धार्मिक पवित्र स्थल क्होँईवोँको प्रतिकमा दीप प्रज्वलन गरी समुदघाटन गरिएको उक्त कार्यक्रममा संघको तृतिय अध्यक्ष रन बहादुर टु तमुले हेल्थ एण्ड सेफ्टीबारे जानकारी गराउदै उपस्थित सबैलाई स्वागत गरेका थिए भने एनआरएनए आईसिसि युरोपका अध्यक्ष कुल आचार्यले शुभकामना मन्तव्य दिएका थिए। यसैगरी पच्युगुरु र क्ल्हेप्री गुरुको समूहले क्रमशः शास्त्रिय मन्त्र बाचन गरी शुभआशिष दिएका थिए भने प्रमुख अतिथिको आसनबाट बोल्दै प्रमुख अतिथि डा शेष घलेले तमु जातिको आफ्नो मौकिल संस्कार, सँस्कृति जोगाई राख्नको लागि आफ्नो बालबच्चाहरुलाई लिएर आफ्नो गाउँठाउँ पुग्नु पर्ने र त्यहाँको वातावरणसँग घुलमिल गराउनु पर्ने बताउदै सबैलाई गाउँ पुग्न आग्रह गर्नुभयो । त्यसैगरी खेगीगुरुको हातबाट लगाएको प्हैरु देखाउदै हरेक पटक आमालाई भेट्न गाउँ पुग्दा र विदेश फर्कने बेलामा आमाले सधैँ प्हैरु लगाईदिने परम्पराको सम्झना गराईदिएकोमा तमु प्ये ल्हु संघ युके र खेगीगुरुहरुप्रति आभार तथा धन्यवाद प्रकट गर्दै प्हैरुको शक्ति र खेगीको आशिक प्राप्त गर्नको लागि प्हैरु तीन दिनसम्म लगाउनु पर्ने जानकारी समेत गराउनु भयो।

कार्यक्रममा संघको नयाँ आजीवन सदस्यहरुलाई सदस्यता प्रमाण पत्र वितरण गरिएको थियो भने विभिन्न विश्वविद्यालयबाट २०१५ सालमा विद्यावारिधि गरेका छात्रछात्रालाई बधाई सहित प्रशंसा पत्र दिई तमु परम्परा अनुसार क्रेगी र क्रमु ओढाई सम्मान गरिएको थियो । यसैगरी विविन्न संघ संस्थाको नेतृत्व पदमा मनोनित व्यक्तित्वहरुलाई बधाई सहित अभिनन्दन गरिएको थियो जसमा एनआरएनए युकेका नवनिर्वाचित अध्यक्ष मुक्षेत्र तमु, रिडिङ्ग तमु समाजका नवनियुक्त अध्यक्ष डम्बर टु तमु, सिक्लेस–पार्चे तमु समाज युकेका नवनियुक्त अध्यक्ष भीम बहादुर तमु, गोरखा जिल्ला तमु समाज युकेका नवनियुक्त अध्यक्ष फडकजीत तमु, बुद्धिष्ट कम्युनिटी युकेका अध्यक्ष ले. नारायण तमु, पैयुँखोला तमु समाज युकेका नवनियुक्त अध्यक्ष ले. कर्ण प्रसाद योज तमु र रसमोर बरो काउन्सिलद्धारा प्रदान गरिने भोलन्टरिङ्ग एवार्ड २०१५ बाट सम्मानित फोटोग्राफर मिलन तमु रहेकाछन् । सम्मानित सबै छात्रछात्रा र व्यक्तित्वहरुलाई संघको अध्यक्ष सोम त्होर्जे तमु र प्रमुख अतिथि डा. शेष घलेको बाहुलीबाट क्रेगी र क्रमु ओढाई परम्परागत रुपमा अभिन्दन गरिएको थियो।

कार्यक्रममा प.पैं.चि. यारजङ्ग क्रोम्छे तमु, पच्यु चिवा देव गरब्ज तमु र क्ल्हेप्री चिवा मनेक्ह्रोँ टु तमुले आफ्नो मौखिक रुपमा सुरक्षित रहेको प्ये लेखेर आफ्नो सहकर्मी खेगीगुरु तथा प्रशिक्षार्थी चेलाहरुलाई हस्तान्तरण गरेका थिए। प्रमुख अतिथि डा. शेष घलेको बाहुलीबाट बितरण गरिएको उक्त प्येहरुमध्ये पच्यु चिवा देव गरब्ज तमुले सिकर्म क्ष्योई संघ लगायत सहकर्मी पच्यु चिवाहरु यारजङ्ग क्रोम्छे, जीत क्रोम्छे याम बहादुर च्हाक्ली र प्रशिक्षार्थी चेला बुद्धिमान कुप्छे र अनुप गरब्ज तमुलाई प्रदान गरेका थिए भने प.पैं.चि. यारजङ्ग क्रोम्छे तमुले सि फैलु क्ष्योई संघ लगायत सहकर्मी पच्यु चिवा देव गरब्ज र जीत क्रोम्छे र प्रशिक्षार्थी चेलाहरु अमृत ङोप्छे, सिनौरा सर्बुज र बुद्धिमान कुप्छेलाई प्रदान गरेका थिए । यसैगरी क्ल्हेप्री चिवा मनेक्ह्रोँ टु तमुले क्ष्योप क्ष्योई संघ लगायत क्ल्हेप्रीहरु हिरा म्होब्छे, सागर म्होब्छे र डम्बर टु तमुलाई प्रदान गरेको थियो भने क्ल्हेप्री डम्बर टु तमुलाई थप क्ल्हेप्रीको सि कर्म क्ष्योई प्रदान गरेका थिए भने आफ्नो मौखिक क्ष्योई लेखेर प्रदान गर्नुहुने खेगीगुरुहरु प.पैं.चि. यारजङ्ग क्रोमछे, पच्यु चिवा देव गरब्ज र क्ल्हेप्री चिवा मनेक्ह्रोँ टु तमुलाई संघका अध्यक्ष सोम त्होर्जे तमु, प्रमुख सल्लाहकार क्या. डेम बहादुर योज तमु र प्रमुख अतिथि डा. शेष घलेको बाहुलीबाट क्रेगी ओढाई सम्मान गरिएको थियो।

कार्यक्रममा भव्य रुपमा स्वागत गरिएको प्रमुख अतिथि डा. शेष घले र विशेष अथिति जमुना घलेलाई संघको तर्फबाट अध्यक्ष सोम त्होर्जे तमुले क्रेगी, बक्खु र पछ्यौरा ओढाई पूmलको गुच्छा दिएर विशिष्ट रुपमा सम्मान तथा अभिनन्दन गरिएको औपचारिक कार्यक्रमलाई समापन गर्दै सभापतिको आसनबाट अध्यक्ष सोम त्होर्जे तमुले प्र–ल्होसार महोत्सवलाई राम्रो व्यवस्थापन मिलाई भव्य एवं सभ्य रुपमा सफल पार्नको लागि खटिनु भएको कार्यसमिति, सहयोगी सदस्यहरु, स्वयं सेवकहरु, धर्मगुरुहरु पच्यु, क्ल्हेप्री, सल्लाहकार समिति, आमा समूह, युवा समिति र साँस्कृतिक कार्यक्रमका कलाकारहरु लगायत उपस्थित सबैलाई धन्यवाद दिनु भयो।

दोश्रो चरणको औपचारिक कार्यक्रमको समापन लगत्तै क्रिश तमु, नविना तमु र सिर्जना तमुले तेश्रो चरणको मनोरन्जनात्मक साँस्कृतिक कार्यक्रम सन्चालन गरेका थिए जसमा विभिन्न रमाईलो र उत्कृष्ट प्रस्तुतीहरु समेटिएको थियो । साँस्कृतिक संयोजक श्रीमती लक्ष्मी प्ल्हेँ तमु र युवा संयोजक लविन क्रोम्छे तमुको संयुक्त संयोजनमा प्रस्तुत साँस्कृतिक कार्यक्रममा कलाकारहरु बिमला तमु, लिली तमु, कर्ण तमु, आशिम तमु, सन्तोष तमु, प्रविण तमु, अन्जली तमु, सुभेच्छा तमु, लिसा तमु, दिपक तमु, धनरुपा तमु, डा. मुना तमु, लक्षिमी तमु, शन्जु तमु, सुमिता तमु, सेली तमु, गगन तमु, सिर्जना तमु, दीपा तमु, सानु तमु, सप्नम तमु, मिता तमु, सुचित्र तमु, शुभेच्छा तमु, प्रभु तमु, बिमला तमु, धन कुमारी थापा “सरु”, श्रृष्टि तमु, आस्मा तमु, सिम्रन तमु, बिष्णु तमु, पार्वती तमु, रुप बहादुर तमु, केवल तमु, महेश तमु, सुजी तमु, डम्बर तमु, जुम तमु, र प्रेम तमुले उत्कृष्ट कला र खरो प्रतिभा देखाएका थिए।

विशाल जनसहभागिता रहेको बेलायतकै सबैभन्दा विशाल सेलेब्रेशन यस प्र–ल्होसार महोत्सवमा संघले शुरु गरेको सामुदायिक भवन तथा क्होँईवोँ निर्माण योजनाको सहयोगार्थ आर्थिक अनुदान समेत संकलन गरिएको थियो जस अनुसार करिव पच्चिस हजार पाउण्ड संकलन भएको जानकारी संयोजक क्या. डेम बहादुर योज तमुले दिनुएकोछ । यसरी विभिन्न ल्होसार–गीतहरु गुञ्जाउदै बिहानको नौबजेदेखि शुरु भएर रमाईलो कार्यक्रम रातको बाह्रबजे समाप्त भएको थियो भने महोत्सवमा स्योँकै (खानापिना)को समेत राम्रो व्यवस्था गरिएको थियो।

थप तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

समाचारः भेग च्हाक्ली
फोटोः मिलन तमु र ओमकर तमु





Comments

comments

Leave a Reply

10394