Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

धरानमा भानु थापाको बी म्युजिक

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
धरान, चर्चित संगीतकार भानु थापाले आफ्ना दाजु तथा गैरआवासीय नेपाली संघको केन्द्रीय सदस्य तथा हङकङ नेपाली महासंघको सल्लाहकार धन थापासंग मिलेर आफ्नो गृहनगर धरानमा संगीतकर्मीहरुको लागि अत्यावश्यक गितार, ड्रम,किबोर्डलगायत अन्य सम्पूर्ण आवश्यक इन्स्ट्रुमेन्ट तथा एसेसरिजहरुको ब्रान्डेड सोरुम बी म्युजिक आर्ट एंड इलेक्ट्रोनिक्स संचालनमा ल्याएका छन्।

आइतबार दिउसो बरिष्ठ गायक दीप श्रेष्ठले रिबन काटेर उद्घाटन गर्नु भएको बी म्युजिकको उद्घाटन समारोहमा धरान उपमहानगर पालिकाका कार्यकारी अधिकृत टिकादत्त राई, बरिष्ठ लोक गायक गंगा बरदान, चर्चित पप गायक निमा रुम्बा, गायक एपी शेर्पालगायत धरानका संगीतकर्मीहरुसंगै संगीतमा झुकाव राख्नेहरुको बाक्लो भिड जम्मा भएको थियो।

आफ्नो ठाउँ धरानमा संगीतका अनुरागीहरुलाई अत्यावश्यक सामानहरु एकै ठाउँमा पाउने गरि खुलेको बी म्युजिकजस्तो पसलको आवश्यकता थियो जुन काम अहिले आएर पुरा भएको छ भन्नु हुदै बरिष्ठ गायक दीप श्रेष्ठले धेरै राम्रो काम गरेको बताउदै बी म्युज़िक काठमाडौँको भन्दा राम्रो लागेको र यसले धरानको संगीत क्षेत्रमा ठूलो योगदान दिने बताउनुभयो।

धरान भन्ने बित्तिकै संगीत एउटा पर्यायवाची शब्द जस्तै हो। त्यहि भएर धरानमा हामीले यस्तो संगीत पसलको संचालनको लागि धेरै अगाडिदेखि सोचिरहेका थियौ जुन अहिले आएर पुरा भएको छ भन्नु हुँदै बी म्युजिकका संचालक धन थापाले यसले धरान मात्र नभएर पूर्वाञ्चालकै संगीतकर्मीहरुको आवश्यकता पुरा गर्ने बताउनुभयो।

बिगतमा काठमाडौँमा बसेर साउण्ड लिंक स्टुडियो संचालन गर्नुहुने संगीतकर्मी भानु थापाको संगीतमा ६० साल नामक चर्चित एल्बम बजारमा आइसकेको छ। धेरै समयदेखि उनी स्टुडियो छोडेर धरानमै बसिरहेका थिए।

भिडियो हेर्नुहोस्





Comments

comments

Leave a Reply

10406