Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सन फ्रान्सिस्कोमा यसरी मनाइयो तमू ल्होछार

विजय थापा / एचकेनेपाल डट कम –
तमूहरुको महान पर्व प्र-ल्होछारको पवन अवसरमा जनवरी २ तारिख शनिबार साँझ नर्देन क्यालिफोर्निया तमू समाजको आयोजनामा १२ औ तमू ल्होछार भव्यताका साथ सम्पन्न भयो।

सँस्थाका अध्यक्ष राज कुमार गुरुङको अध्यक्षतामा सम्पन्न उक्त ल्होछार कार्यक्रममा मुख्य अथिति सँस्थाकी संस्थापक अध्यक्ष बिष्णु गुरुङ “एकता”, सँस्थाका पूर्व अध्यक्ष भुपेन्द्र गुरुङ, गम गुरुङ, जस गुरुङ तथा सँस्थाका सम्पूर्ण तमुहरु लगायत बे एरियाका संघ सँस्थाका पदाधिकारीहरुको साथमा संस्कृतिप्रेमी व्यक्तिहरुको उपस्थितिले नेपाली बिचको माया सद्भाव र एकताको साथै आफ्नो संस्कृति प्रतिको माया र दायित्वको संदेशको साथमा ल्होछार कार्यक्रम संचालन भएको थियो।

अतिथि कलाकार चर्चित लोकदोहोरी गायिका शिला आले र स्थानीय कलाकारहरुको बिचको दिहोरीको घमासानले दर्शकहरु दोहोरीमा गाउँदै नाँचेर भरपूर्ण मजा लिएका थिए। तमु कौडा, सोरठी त्यस्तै तामाङ्ग सेलो, राईकिरात नृत्य यसरी सम्पूर्ण मौलिक नृत्यहरुले नेपाली संस्कृतिको पहिचान ल्होछार कार्यक्रमले दिईरहेको थियो।

सेल रोटी र अन्य नेपाली परिकारहरुको ब्यवस्था रहेको उक्त कार्यक्रममा प्राय जसो उपस्थित महिलाहरु तमु भेषभूषामा सजिएका थिए। मौलिक लोकदोहोरी, मौलिक नृत्यहरु, मौलिक भेषभुषा र मौलिक नेपाली परिकारले बिदेशी भूमिमा रहेर पनि आफ्नो देश र संस्कृतिको सम्मान र संरक्षण गर्न तमु ल्होछार कार्यक्रमले पुर्याएको योगदान अविस्मरणीय थियो।

कार्यक्रम संचालन संगीता गुरुङ र हितमान गुरुङले गरेका थिए। औपचारिक कार्यक्रमको शुरुवात दिप प्रज्वलन र नेपाली तथा अमेरिकन राष्ट्रिय धुन बजाएर गरेका थिए। उक्त कार्यक्रममा आफ्नो मन्तब्य राख्दै सँस्थाका अध्यक्ष राज कुमार गुरुङले ल्होछारको परिचय दिदै कार्यक्रम सफल बनाउँन योगदान पुर्याउँनु हुनेहरुप्रति धन्यबाद ज्ञापन दिएका थिए। संस्थापक अध्यक्ष बिष्णु गुरुङ “एकता” ले तमु गीतबाट तमु संस्कृतिको झलक दिदै १२ औ ल्होछार सम्म सँस्थालाई आईपुग्न योगदान पुर्याउनु हुने सम्पूर्ण सँस्थापक टिम, पूर्वअध्यक्षहरु साथै सम्पूर्ण संस्कृतिप्रेमीहरुप्रति आभार व्यक्त गरेकी थिइन्।

त्यस्तै बे-एरियाका संघसँस्थाहरुको प्रतिनिधि गर्दै न्यान्सका अध्यक्ष तेज राईले ल्होछारको शुभकामना दिदै आफ्नो मौलिक संस्कृतिहरुप्रति गर्व रहेको कुरा बताए। अनौपचारिक कार्यक्रमको शुरुवात तमू ल्होछार उद्घाटन गीत अशिमाला गाएर गरेका थिए। त्यसपछि कलाकारहरुबाट साँस्कृतिक कार्यक्रम तथा सँस्थाका अध्यक्ष राज कुमार गुरुङ साथमा सँस्थाकी फस्टलेडी लक्ष्मी गुरुङद्वारा कलाकारहरुलाई प्रसंसा-पत्र र खादा प्रदानपछि सन्दिप बाबु चौधरीको डिजेले सम्पूर्ण सहभागिताहरुलाई धित मरुन्जेल नचाएर भरपूर्ण मजोरंजन दिन सफल भयो।

वार्षिक रुपमा मनाउदै आईरहेको तमु ल्होछार कार्यक्रमले एक सभ्य, सम्मानित एवं मनोरन्जात्मक स्वाद पस्कन सफल भएको कुरा सहभागिहरुले बताए।


थप फोटोहरु यहाँ हेर्नुहोस्





Comments

comments

Leave a Reply

10440