Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सेकुवाको बिल नतिरी भागेका मन्त्री

झण्डा हल्लिने गाडीमा सरर हुँइकिने मन्त्रीले सेकुवा खाएको पैसा तिरेको छैन भन्दा कसले पत्याइदिने ? तर अनामनगरस्थित धराने सेकुवाको बाटो हुँदै जब जब जनसंख्यातथा वातावरण मन्त्री विश्वेन्द्र पासवान हुईकिन्छन् तबतब त्यहाँको साहुको मन नराम्ररी रुन्छ।

फाइल फोटोः विश्वेन्द्र पासवान

कारण हो, ‘आज दिन्छु भोलि दिन्छु भन्दाभन्दै झण्डै एक वर्षदेखि ५२ सय रुपयाँ नतिर्नु। सेकुवा साहु नेताले उधारो तिर्लान् भन्ने आशले बसेका थिए, आसैआशमा उनी मन्त्री भइसके, पैसा दिने सुरसारै छैन।

बानी ब्यहोरा विश्वेन्द्रको जस्तै भएका पूर्वसभासद राजकुमार नाब्लो उनलाई भेटेमा पिटिदिने भन्दै हिँड्न थालेका छन्। उनी पनि विश्वेन्द्रबाट पीडित रहेछन्।

दोस्रो संविधानसभालगत्तै प्रचण्डले बनाएको २७ दलीय मोर्चामा विश्वेन्द्र पनि थिए। एक पक्षीय संविधान निर्माण गर्न लागिएको काठमाडौंमा जनप्रदर्शन गर्ने क्रममा विश्वेन्द्रको भागमा पाँच सय मानिस उतार्ने पर्यो। पाँचजना मान्छे ल्याउन पनि मुस्किल पर्ने विचरोले कहाँबाट ल्याउन् पाँचसय मानिस!

त्यसपछि गाडीको तेल खर्च र पाँचसय मानिसलाई खाना, खाजा र भत्ताको व्यवस्था गरिदिन्छु भन्दै त्यो जिम्मा राजकुमारलाई लगाए। राजकुमारले पाचसय मान्छे जम्मा पारिदिए तर विश्वेन्द्रले पैसा दिएनन्। आजको जनआस्था पत्रिकामा खबर छ।


मन्त्री बनेपछि…





Comments

comments

Leave a Reply

10443