Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कोरियामा न्यूनतम ज्याला सवा लाख

रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत रोजगारीका लागि दक्षिण कोरिया आउने आप्रवासी कामदारको मासिक न्यूनतम ज्याला सवा लाख नाघेको छ।


फाईल फोटो

श्रम तथा रोजगार मन्त्रालयले जनवरी १ देखि डिसेम्बर ३० सम्म लागू हुने गरी अगस्टमा न्यूनतम ज्याला ८.१ प्रतिशत बढाएको थियो। यो ज्याला सबै कम्पनी तथा फर्ममा लागू गर्न मन्त्रालयले निर्देशन दिएको छ। यससँगै अतिरिक्त समयसमेत गरी अधिकांश नेपालीले मासिक डेढ लाखभन्दा बढी आर्जन गर्नेछन्।

नयाँ पारिश्रमिकअनुसार साता ४० घण्टा काम गर्ने कामदारले दैनिक ४८ हजार २ सय ४० का दरले मासिक न्यूनतम १२ लाख ६० हजार वन (करिब १ लाख १३ हजार नेपाली रुपैयाँ) पाउनेछन्।

सन् २०१५ को न्यूनतम ज्याला मासिक ११ लाख ६६ हजार २२० वन (१ लख ५ हजार ७२९) थियो। २०१५ का लागि ७.१ प्रतिशत ज्याला बृद्धि भएको थियो। कारोबार दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

10498