Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सन् फ्रान्सिस्कोमा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउदै…

विजय थापा / एचकेनेपाल डट कम –
वाशिंगटन डिसी। अमेरिकाको सन् फ्रान्सिस्को बे क्षेत्रका नेपाली समुदायले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएका छन्। उक्त कार्यक्रममा उपस्थित सहभागीहरुले राष्ट्रिय एकता दिवस मनाउदै पाँच तत्वहरुलाई आत्मसात गरि भबिष्यमा बिद्यमान एकतालाई अझ मजबुत बनाउने प्रतिबद्धता जाहेर गरेका छन्।

उक्त पांच तत्वहरुमा सबैले आपसी सहअस्तित्व स्वीकार गर्ने, आपसी फाइदा एक अर्काबीच बाँडफाड गर्ने, नकारात्मक सोच बन्द गरि सकारात्मक सोच वृद्धि गर्ने, जेष्ठ तथा अग्रजहरुको सम्मान गर्ने परिपाटी थालनी गर्ने र प्राप्त उपलब्धी समान रुपमा वितरण गर्नेमा समझदारी भएको छ।

ब्यबसायी तथा समाजसेवी युवराज कार्कीको अध्यक्षतामा भएको कार्यक्रम सुजित सिंहले स्वागत गर्नु भएको थियो। कार्यक्रमको आयोजना सुजित सिंह,कौशल प्रताप जबरा, युवराज कार्कीको तथा सकुन राईको पहलमा भएको थियो।

एकता दिवसको उपलक्ष्यमा पृथ्वीजयन्तीको औचित्यमाथि मणि नेपाली पनेरुले प्रकाश पार्नु भएको थियो भने पृथ्वीनारायण शाहको योगदान र राष्ट्रिय एकता बारेमा अमेरिकाको सन् फ्रान्सिस्को क्षेत्रका लागि पर्यटनदूत अनिल पाण्डेले बोल्नु भएको थियो।

मन्तब्य कै क्रममा राष्ट्रियता एकताको वर्तमान अवस्था बारेमा पूर्ण चन्द्र बानियाले बोल्नु भएको थियो भने स्वायत्तता र राष्ट्रियता एकता बीचको सम्बन्धको बारेमा बोल्नु भएको थियो।

मन्तब्य कै क्रममा बे क्षेत्रमा जनसहभागिता सम्बन्धमा वर्तमान अवस्था बारेमा तेज राई तथा उक्त क्षेत्रमा देखा परेका एकता सम्बन्धका प्रमुख समस्याका बारेमा एन डब्लु जीएनकी पूर्वअध्यक्ष बिष्णु गुरुङ “एकता”ले बोल्नु भएको थियो।





Comments

comments

Leave a Reply

10503