Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मगर संघ हङकङले यसरी मनायो माघे संक्रान्ति

जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम-
हङकङ, मगर संघ हङकङले गत आइतवार मंकी हिलमा एक भव्य कार्यक्रमको आयोजना गरि माघे संक्रान्ति मानेको छ।

हङकङमा मगर संस्कार, संस्कृति तथा रितीरिवाजको संरक्षण र संबर्धन गर्ने उद्देश्यले आयोजित माघे संक्रान्ति कार्यक्रमको अध्यक्षता संघकी अध्यक्ष चन्द्रज्योति आले मगरले गरेकी थिइन्। कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल मगर संघका केन्द्रीय सचिव ज्ञानेन्द्र पुन मगर उपस्थित थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा संघका केन्द्रीय सचिव ज्ञानेन्द्र पुन मगरले नेपालको राजनैतिक अवस्थाका साथै जनजाति तथा मगरहरुको वर्तमान स्थिति र माघे संक्रान्तिबारे प्रकाश पारेका थिए। स्वागत मन्तव्य संघका उपाध्यक्ष थल श्रीस मगरले र कार्यक्रमको सञ्चालन सचिव सुमन थापा मगरले गरेका थिए। नेपाली महासंघ, जनजाति महासंघ तथा विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु अतिथिका रुपमा उपस्थित भएको कार्यक्रममा विभिन्न मगर परिकारको व्यवस्था गरिएको थियो। विबिक्युसहित नाचगानका मनोरञ्जनात्मक कार्यक्रममा सहभागी भएर मगर तथा गैरमगरहरुले हर्षोल्लासका साथ माघे संक्रान्ति मनाए।

तस्वीरः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम। थप तस्विरहरु यहाँ क्लिक गरेर हेर्नुहोस्





Comments

comments

Leave a Reply

10509