यसरी मनाइयो कोलोराडो भेलमा २१५१ औं ग्याल्पो लोसार

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –

कोलोराडो अमेरिका, कोलोराडोको निवासी शेर्पा समुदायले भेल शहरमा २१५१ औं ग्यल्पो लोसार भब्यताका साथ मनाएका छन्।

भेल भ्याली शेर्पा समुदायहरुको आयोजनमा ईगलभेल पेभीलीएन भेल शहरमा शेर्पाहरुको महान चाड सिङ डुक लो वर्ष २१५१ औं ग्याल्पो लोसार कोलोराडोको नेपाली शेर्पा समुदायहरुले शनिवार भव्यताका साथ रमाईलो गरेर मनाएका हुन्।

विहानको कार्यक्रम न्युयोर्कबाट आएका वौद्ध लामा गुरु ङवाङ छछोग लामावाट पुजा आराधाना गरेका थिए । लामा गुरुले ८ पटक सगरमाथा समेत सफल आरोहण समेत गरी सकेका छन्।

अपराह्नको कार्यक्रममा साँस्कृतिक नाचगान गर्दै रातको १० वजेसम्म रमाईलो गरेर मनाएको शेर्पा नाङपी छोक्पा कोलोराडोका सचिव निमा शेर्पाले बताए।

भेल भ्याली शेर्पा लोसार कोलोराडोमा शेर्पाहरुको वसाईसराई भएदेखि नै लावा सिस्टमले निरन्तर मनाउदै आईरहेको लोसार हो। यो लावा सिस्टममा लोसार कार्यक्रम आयोजना गर्न ३, ४ शेर्पा परिवारहरु आयोजक चुन्ने चलन छ।

यस वर्ष २१५१ को लावाहरूमा ङवाङ थ्रोवा शेर्पा, पासाङ तेन्जी शेर्पा (पिटी), निमा तमाङ , मिङमा शेर्पा गरी चार परिवार रहेका थिए । त्यस्तै गरी आगामी वर्ष २१५२ को लावाको लागि पासाङ शेर्पा , नवीन शेर्पा, पासङ तेम्वा शेर्पा परिवार लावा चुनिएका छन्।

लावा चुन्दा सकेसम्म नेपालको विभिन्न क्षेत्रलाई प्रतिनिधित्व हुने गरी चुन्ने चलन रही आएको छ । कार्यक्रममा सगरमाथा सफल शेर्पा आरोहीहरु लागायत शेर्पा फाउन्डेसनका अध्यक्ष पेम्वा तेन्जीङ शेर्पा, शेर्पा नाङपी छोग्पा (कोलोराडो शेर्पा संघ) को अध्यक्ष ङवाङ वङछु शेर्पा, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरीकाका वोर्ड सदस्य निमा शेर्पा तथा अन्य कोलोराडोका विभिन्न समाजसेवी, बुद्धिजीवी, व्यवासायी र स्थानीय शुभचिन्तकहरुको वाक्लो उपस्थिति रहेको थियो।





Comments

comments

110117