शेर्पा संघ कोलोराडोको अध्यक्षमा पुन: ङवाङ वाङछु शेर्पा

नातिबाब भट्ट/ एचकेनेपाल डट कम –

कोलोराडो, अमेरिका। कोलोराडोवासी शेर्पाहरुको साझा संस्था शेर्पा संघ कोलोराडो (शेर्पा नाङपी छोग्पा) को अध्यक्षमा पुनः ङवाङ वाङछु शेर्पा चुनिएका छन्।

शेर्पा नाङपी छोग्पा कोलोराडोको परिचय अबको दिनमा शेर्पा संघ, कोलोराडो रहने गरी दोस्रो कार्यकलको लागि सर्वसहमतिमा ङवाङ वाङछु अध्यक्षमा चुनिएका हुन्। यसैगरी अन्य पदाधिकारीहरूमा उपाध्यक्ष सोनाम शेर्पा, कोषाध्यक्ष लाक्पा शेर्पा, महासचिव निमा ओङछु शेर्पा, सचिव पासाङ शेर्पा र सांस्कृतिक संयोजक निमा कर्मा शेर्पा गरी ६ सदस्य कार्यसमिती सर्वसम्मत तरिकाबाट चयन गरिएको हो।

शेर्पा संघ, कोलोराडोले अगामी दिनमा शेर्पाहरुको आफ्नै शेर्पा गुम्वा स्थापना गरि वौद्ध धर्म, शिक्षा, शेर्पा सांस्कृति, सम्वोट भाषालिपी र पाठपूजा चाडपर्वको जागेर्ना गर्ने प्रतिबद्धता अध्यक्ष ङवाङ वाङछु शेर्पाले गरेका छन् । संस्थाको कोषाध्यक्ष लाक्पा शेर्पा र महासचिव निमा शेर्पा पनि दोस्रो कार्यकालका लागि चयन भएका हुन । महासचिव निमालाई संस्थाले प्रवक्ताको जिम्मेवरी पनि दिईएको छ । उनी गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरीकाका निर्वाचित वोर्ड सदस्यसमेत हुन्।

संस्थाको कार्यसमितिमा मनोनित भएका सदस्यहरु नेपालको विभिन्न जिल्ला र क्षेत्रहरुवाट प्रतिनिधित्व हुने गरी चुनिएका छन्। त्यस्तै समाजसेवी तथा स्थानीय व्यवसयी दावा शेर्पालाई शेर्पा संघ कोलोराडोको सल्लाहकार समितिमा मनोनित गरिएको महासचिव निमा शेर्पाले बताए।

शेर्पा संघ कोलोराडोले हिमाल आरोहीहरुलाई सम्मान, शेर्पा युवा बालबालिकालाई प्रोत्साहन, नेपाली शेर्पा कला सांस्कृति र खेलकुदहरुमा हौसला प्रदान गर्ने र संस्थाले भैपरि आए अन्य संघ संस्थाहरुसंग मिली सहयोगहरु जुटाई नेपाल र नेपालीहरुको लागि सहयोग गर्न तत्पर रहने भावी योजना रहेको जनाएको छ।





Comments

comments

110735