Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कांग्रेस संस्थापनबाट दुई प्यानल, सिटौला सभापति र गगन महामन्त्रीमा उठ्ने

महाधिवेशन सुरु हुन झन्डै एकसाता बाँकी रहँदा कांग्रेसमा संस्थापन पक्षबाट दुईभन्दा बढी उम्मेदवारी पर्ने निश्चितजस्तै भएको छ।

सभापतिका लागि कार्यवाहक सभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलाले प्यानल नै बनाएर उम्मेदवारी दिने तयारी गरेका छन्।

महामन्त्री सिटौलाले पौडेललाई समर्थन नगर्ने निष्कर्ष निकाल्दै युवाहरुलाई समेटेर छुट्टै प्यानल बनाएर उम्मेदवारी दिने तयारी गरेको खबर अन्नपूर्ण पोस्ट दैनिकमा छ। सिटौलाले आफ्नो टिममा युवा नेता गगन थापा, प्रदीप पौडेललगायतलाई समेटेर प्यानल बनाउने गरी छलफल अघि बढाएका छन्।

सिटौला निकट स्रोतका अनुसार आफू सभापतिमा र गगनलाई महामन्त्रीमा राखेर प्यानल बनाउने तयारी भएको छ। ‘मंगलबारको केन्द्रीय समितिको बैठकपछि उहाँको उम्मेदवारी घोषणा गर्ने विषयमा औपचारिक जानकारी हुन्छ, सिटौलासँगै तयारीमा लागेका एक नेताले भने–सकभर सवै पदमा प्यानलै बनाएर टिम घोषणा गर्ने तयारीमा छौं।’

कांग्रेस संस्थापनमा सभापतिका लागि चार जनाको दाबी कायमै

कार्यवाहक सभापति रामचन्द्र पौडेलका अतिरित्त महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौलाका साथै केन्द्रीय सदस्यहरु सुजाता कोइराला समेतले सभापतिमा दाबी गरिरहेका छन्। सर्वसम्मत उम्मेदवार बनाउने पौडेलको प्रयास सफल हुन सकेको छैन। कान्तिपुर दैनिकमा समाचार छ।

बरिष्ठ नेता शेरवहादुर देउवा पक्ष भने यसै साताभित्र आफ्नो टिमको औपचारिक घोषणा गर्ने तयारीमा छ। केन्द्रीय कार्यसमितिको मंगलबारको बैठक सकिएपछि देउवा पक्षबाट उम्मेदवारी घोषणा गर्ने तयारी भइरहेको केन्द्रीय सदस्य प्रकाशशरण महतले जनाए। देउवाले महामन्त्रीमा संस्थापन पक्षका अर्जुननरसिंह केसी र कोषाध्यक्षमा चित्रलेखा यादवलाई अघि बढाउने सम्भावना छ।





Comments

comments

Leave a Reply

11214