Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सीएनएन हिरोकै बालगृह अवैध

सीएनएन हिरो अमेरिकन नागरिक म्यागी डोयनले सुर्खेतमा सञ्चालन गरेको बालगृह अबैधानिक रहेको पाइएको छ।


तस्वीरमा म्यागी डोयन (वाँया) फोटोः @suryasurkhet

महिला तथा बालबालिका कार्यालय सुर्खेतको अनुगमनका क्रममा डोयनको बालगृह अबैधानिक पाइएको हो।

टुहुरा बालबालिकालाई राखिएको भनिएको बालगृह सञ्चालनका लागि कुनै पनि निकायबाट स्वीकृति नलिइएको अनुगमनका क्रममा पाइएको खबर राजधानी दैनिकमा छ।

‘अनुगमनका क्रममा बालगृह दर्ता नै नगरी सञ्चालन गरेको पाइयो महिला तथा बालबालिका कार्यालय सुर्खेतकी महिला विकास प्रमुख जमुना पौडेलले भनिन्,‘टुहुरा बालबालिकाको विषयमा पनि गम्भीरतापूर्वक छानविन भइरहेको छ।’

जिल्ला अवलोकनका क्रममा बालगृहमा बाबुआमा नभएका तीनजना बालबालिका मात्रै पाइएको छ। यसैगरी आमा भएका १५, बाबु मात्रै भएका १३ र बुबा आमाबारे थाहै नभएका दुई बालबालिका रहेको बालगृहको रेकर्डमा उल्लेख छ।

सो गृहमा कोपिला भ्याली सेवा समाजका अध्यक्ष टोपबहादुर मल्लाका आफन्त मात्रै ३१ जना रहेको स्रोतले जानकारी दिएको छ।





Comments

comments

Leave a Reply

11369