Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
हङकङबाट युट्युबमा कबड्डी कबड्डी अपलोड गरिदिएपछि निश्चल बस्नेतलाई तनाव (भिडियोसहित) – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

हङकङबाट युट्युबमा कबड्डी कबड्डी अपलोड गरिदिएपछि निश्चल बस्नेतलाई तनाव (भिडियोसहित)

एचकेनेपाल डट कम संवाददाता –
हङकङ, नेपालका चर्चित कबड्डी–कबड्डी चलचित्रलाई हङकङबाट कसैले युट्युबमा अपलोड गरिदिएपछि नायक तथा निर्माता निश्चल बस्नेत तनावमा परेका छन्।

गैरकानुनी ढंगले बिना इजाजत कबड्डी कबड्डीलाई आइतबार बिहान युट्युबमा हालि दिएपछि तुरन्त भाइरल भएको थियो।

युट्युबमा हालेको कबड्डी–कबड्डीको लिंकलाई धेरैले सामाजिक सञ्जालहरुमा शेयर गरिदिएपछि चलचित्रको भिडियो भाइरल भएको हो।

झण्डै ५० हजार पटक हेरिसकेको भिडियोलाई भने अहिले युट्युबले हटाइसकेको छ।

नेपाली बजारमा प्रदर्शनमा आइसकेको कबड्डी–कबड्डी हङकङमा समेत प्रदर्शन भइसकेको छ भने दुबई र अमेरिकामा प्रदर्शन गर्ने तयारीमा छ।

अन्तर्राष्ट्रिय बजारमा रिलिज गर्ने तयारी भइरहेको बेला कबड्डी–कबड्डी युट्युबमार्फत सार्वजनिक भएपछि आफूहरुलाई ४० लाखभन्दा बढी घाटा लागेको वितरक कम्पनी पपकर्नले जनाएको छ।

दुबईमा रिलिज गर्न प्रचारप्रचारको लागि झण्डै ८ लाख खर्च भइसकेको वितरक सुदिप श्रेष्ठले बताएका छन्। भिडियो युट्युबबाट सार्वजनिक भइसकेपछि दुबईमा चलचित्र रिलिज गर्ने कि नगर्ने भन्ने दोधारमा वितरक रहेका छन्।

रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र ’कबड्डी’को सिक्वेल ’कबड्डी कबड्डी’मा दयाहाङ राई, निश्चल बस्नेत, रेश्मा गुरुङ, सौगात मल्ल, बुद्धि तामाङ, विजय बराललगायतको अभिनय रहेको छ।

नायक तथा निर्माता बस्नेतले भिडियो अपिल जारी गर्दै जानेर वा नजानेर यसरी गैरकानुनी ढंगले चलचित्रको भिडियो युट्युबमा अपलोड गरी शेयर नगर्न अपिल गरेका छन्।

भिडियोः





Comments

comments

Leave a Reply

11476