Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सपनाबाट यसरी तर्सिए पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं, ८ चैत । पूर्वराजा ज्ञानेन्द्र शाह नराम्रो सपना देखेको भन्दै ज्योतिषीहरूसँगको परामर्शमा जुटेका छन् । उपलब्धि लिएर मात्रै स्वदेश फर्कने भन्दै उनी गत माघको दोस्रोसाता थाइल्यान्ड गएका थिए।

तर नराम्रो सपना देखिएकाले उनी छिट्टै फर्कने समाचार स्रोतले जनाएको छ । यसअघि आफ्ना पिता महेन्द्रको श्राद्ध गर्न उनले ब्राम्हणलाई लगाउँथे । तर यसपटक भने एकछाकी बसेर आफैले बाबुको श्राद्ध गरे।

स्व.राजा महेन्द्रको श्राद्ध तिथि फागुन ११ गते परेको थियो । पूर्वराजा शाह फागुन ९ गते स्वदेश फर्केर १० गते एकछाकी बसी ११ गते आफैंले श्राद्ध गरेको निर्मल निवास स्रोतले बताएको खबर तरुण साप्ताहिकले छापेको छ।

सपनामा बाबु महेन्द्रसँग दोहोरो कुराकानी भएका कारण पूर्वराजा शाह आत्तिएका हुन् । ठूलो अनिष्टको संकेत मानिन्छ । धर्मशास्त्रअनुसार राजाले बाबु–आमाको काजकिरिया र श्राद्ध गर्नुपर्दैन । त्यो काम राजाका भाइहरूले गर्दछन्।

वीरेन्द्रको वंश विनाशअघिसम्म ज्ञानेन्द्र र धिरेन्द्रले महेन्द्रको श्राद्ध गर्दै आएका थिए । वीरेन्द्रको वंश विनाशसँगै ज्ञानेन्द्र राजा भए । ज्ञानेन्द्र राजा भएको र धीरेन्द्र पनि मारिएकाले श्राद्ध गर्न ब्राम्हणको व्यवस्था गर्न थालियो।

राजसंस्थाको अन्त्य भएपछि स्वतः ज्ञानेन्द्रले आफ्ना पितृको श्राद्ध गर्नुपर्ने थियो । तर उनले राजसंस्थाको अन्त्य भएको नभइ राजसंस्था संकटमा परेको मात्रै ठानेका छन्।

त्यसैले गद्दीबाट च्यूत भइसकेपछि पनि उनले आफूलाई राजा ठान्दै बाबु–आमाको श्राद्ध गरेका थिएनन् । तर थाइल्यान्डमा रहँदा पितासँग सपनामा दोहोरो कुराकानी भएपछि निकै आत्तिएको जनाइएको छ।





Comments

comments

Leave a Reply

11690