फेवातालमा फसेकी अस्ट्रियाकी नागरिकको सशस्त्र प्रहरीद्धारा सकुशल उद्धार

पोखरा, कास्की। फेवातालमा विहिबार अपरान्ह अचानक आएको हावाहुरीका कारणवीच तालमा फसेकी विदेशी महिलाको सशस्त्र प्रहरी बल नं.२४ कालिका गणको विषेश उद्धारकहरुले सकुशल उद्धार गरेका छन्।

https://youtube.com/shorts/iEBwRj0GQgQ?si=dGp-SOhlJTeKBfo3

एक्लै काठको डुङ्गा भाडामा लिई फेवातालमा सवार उनी दिउसो करिब ४ बजे र ४० मिनेट जाँदा आएको हावाहुरीमा परी वीच तालमा अतालिएकी र उद्धारका लागि चिच्याई रहेको अवस्थामा उद्धार गरिएको कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले जानकारी दिए।

उनी अष्ट्रियाकी नागरिक २७ वर्षीया लाउरा रहेको समेत गणपति शर्माले जानकारी दिए। एपीएफ फेवाताल रेस्क्यू टावरमा खटिएको सशस्त्र प्रहरीको बिशेष  बिपद् व्यवस्थापन टोलीले उक्त घटना देख्ने वित्तिकै तुरुन्त परिचालन भई उद्धार गरेको थियो।





Comments

comments

117893