फूलको आँखामा फूलै संसार गीतले मलाई पप स्टार बनायो: आनी छोइङ डोल्मा

विजय थापा / एचकेनेपाल डट कम –
वाशिंगटन डिसी। ख्यातिप्राप्त गायिका तथा युनिसेफकी सद्भावदूत आनी छोइङ डोल्माले वाशिंगटन डिसीस्थित लिस्नर सभा मण्डपमा बेजोड प्रस्तुति दिएकी छिन्।

गोर्खाली फाउन्डेसनको सहयोगमा भिन्तुनाइन्टरनेसनलको मुख्य आयोजनामा गरेको कार्यक्रम सफलताको साथ सम्पन्न भएको छ।

कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा अर्जून कूमार कार्किको साथै बिदेशी दर्शकहरु उनको प्रस्तुति हेर्न आएका थिए।

कार्यक्रम हेर्न व्यस्त समयको बाबजुद पनि समय व्यवस्थापन गरि परिवार ,बालबच्चा सहित भर्जिनिया ,डिसी म्यारिल्याण्ड,पेनसेलभानिया ,न्युयोर्क तथा अन्य राज्यहरुबाट पनि नेपालीहरु आएका थिए। ठिक ७ बजे सुरु भएको कार्यक्रममा आनी छोइङ डोल्माले बौद्ध मन्त्र तथा आध्यात्मिक गीत सुनाएकी थिईन्।

आनीले उनका लोकप्रिय गीतहरु बटुवा हो बटुवा ,जय होस् तिम्रो मंगल होस् , ओम माने पेमे ,ओम तारे ,हुन्छ मलाई बिहान त्यो क्षण ,ईच्छा मेरो ,हे भगवान ,लोक लय भाकाको गीत आदि प्रस्तुत गरेकी थिइन्।

उनले मन्त्र तथा गीत गाउनु अगाडी गीत तथा मन्त्रको अर्थ बिदेशी दर्शकलाई बताएकी थिइन्।

धेरै गीत र मन्त्र प्रस्तुति गरि सकेपछि उनले भनिन साना बच्चादेखि सबै उमेरकाले मन पराएको गीत फूलको आँखामा फूलै संसार गीत दर्शक माझ प्रस्तुत गरिन्।

यो गीत गाउनु अघि यो गीतले मलाई पप स्टार बनायो उनले भनिन्। आफू बुद्ध धर्मको मान्छे पप स्टार नामले चिनिए भन्दै कस्तो विरोधाभास कुरा त भएन भनि ठट्टा गरिन् र दर्शकले मनोरंजन माने।

फूलको आँखामा फूलै संसार गीत संगीतकार न्हू बज्राचार्यलाई सुरु गर्न आग्रह गरेपछि उनले सुरुवात गरेका थिए भने पछि उनले गाएकी थिइन्। दर्शकलाई पनि साथ दिन आग्रह गरे पछि दर्शकले न्हू बज्राचार्य तथा आनी छोइङ्गको स्वरमा स्वर मिलाएका थिए।

बिदेशी दर्शकलाई मन्त्र र आध्यात्मिक कुराहरु सम्झाउदै संगीतको लयमा बिरुवा पनि झाङ्गिञ्छ भन्दै नेपाली गीत नबुझे पनि लयमा आनन्द लिनु भन्दै गीत गाएकी थिइन्।

आनी छोइङ्ग गत मार्च २० तारिखमा पनि राष्ट्रसंघ न्युयोर्कमा आध्यात्मिक गीत सुनाएकी थिइन्। उनलाई संयुक्त राष्ट्रसंघको महासभामा ‘गेष्ट अफ अनर पर्फमर’ का रुपमा निम्त्याइएको थियो।

संयुक्त राष्ट्रसंघको महासभाको इतिहासमा मै प्रथम पटक नेपाली गायिका आनीले गीत गाएकी थिइन्।

कार्यक्रममा स्वागत नविना वस्नेत उप्रेतीले गरेकी थिईन् भने सगून डटकम तथा गोर्खालि फ़ाउन्डेशनका प्रतिनिधिले वोलेका थिए।





Comments

comments

Leave a Reply

11864