Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

धरानको पुरानो बजारमा पल शाह

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –
धरानको पुरानोबजारमा अहिलेका ब्यस्त मोडेल पल शाह आफ्ना युवा फ्यानहरुको बिचमा घेरिएका थिए।

उनी आफ्ना युवा तथा युवती फ्यानहरुको आग्रह मान्दै उनीहरुसंगै सेल्फी खिच्नमा ब्यस्त देखिन्थे।

यतिकैमा ल शट रेडी भनेपछि पल एकछिन ल भन्दै भिंडबाट बाहिरिए। त्यसपछि मात्र थाहा भयो उनी शुटिंगको लागि आएका रहेछन भनेर।

धरानका गायक बबिन लिम्बुले गाएको पुराना सारंगीवादक सुरेश गन्धर्वको शब्द तथा संगीत रहेको पुरानो लोकप्रिय गीत “ धरानको पुरानो बजारमा दुइ बैनीलाई चिनेथ्यो “ गीतको नयाँ भर्शनको शुटिंगमा नायक तथा मोडेल पल शाह अर्का चर्चित मोडेल अलिशा राईसंगै धरानको मोडेल निलम थापा र इटहरीका रोशन श्रेष्ठ शुटिंगमा ब्यस्त थिए भने उनीहरुलाई एक्शन कटको निर्देशन गराउदै थिए योर इस्टाल टिभीका निर्देशक नमित चन्द ठकुरी र छायांकनमा चर्चित क्यमेराप्रशन रोशन श्रेष्ठ थिए।

गीतले धरानको पुरानोबजार छोएकोले पुरानोबजारको बिभिन्न चोक ,मन्दिरलगायत भेडेटार तथा धरानमा भर्खरै शुरु भएको प्याराग्लाइडिङमा समेत छायांकन गरिएको छ। भिडियो निर्माण योर इस्टाल टिभी र सिल्भर इन्टरटेनमेन्टले गरेको हो।

आगामी शुक्रबारबाट प्रदशनमा आउने “ नाइँ नभन्नु ल -४ “को प्रचार – प्रसारसंगै शुटिंगमा पनि उतिकै ब्यस्त पल शाह आफ्नो व्यस्त सेड्युलबाट यहि गीत शुटिंगको लागि धरान आएका थिए।

उनी थप्छन – गीत राम्रो छ , राम्रो गीत भएपछि धरान आउन करै लग्यो। उनले धरानमै अर्का गायक मनोज रावतको निष्ठुरी मायाले बोलको गीतमा समेत अलिशा राईसंग जोडी बाधिएका छन्।

“धरानको पुरानोबजारमा” एल्बममा समावेश उक्त गीतको भिडियो आगामी नया वर्षसंगै टेलिभिजन तथा सामाजिक संजालहरुबाट सार्वजनिक गर्ने योजनामा गायक बबिन लिम्बु छन्।

धरान सम्बन्धी गीत भएकोले सम्पूर्ण छायांकन धरान – भेडेटार लगायतका ठाउमा शुटिंग गरिएको गायक बबिन लिम्बु बताउंछन्।

पुरानो लोकभाकाको गीतलाई पुरानै लयमा नया संयोजनमा रेकर्ड गरिएकोले अहिलेका युवापुस्तामा जम्ने विश्वास गायक बबिनको छ।





Comments

comments

Leave a Reply

11866