Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

विद्रोहको तयारीमा वामदेव

काठमाडौं, पार्टीको नवौं महाधिवेशनमा खुलेर अध्यक्ष केपी शर्मा ओलीतर्फ लागेका उपाध्यक्ष वामदेव गौतम समूह संस्थापन पक्षसँग असन्तुष्ट बनेको छ।

झन्डै एक दर्जन केन्द्रीय सदस्य भएको गौतम समूह संस्थापनको साथ छाड्ने मनस्थितिमा पुगेको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ।

अध्यक्ष ओलीसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै उपाध्यक्ष गौतम अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग असन्तुष्ट बनेको उनीनिकट स्रोतले बतायो।

पछिल्लो समय उपाध्यक्ष गौतम अध्यक्षको साथ छाडेर मध्यमार्गीजस्तै देखिएका छन्।

गत साता बसेको स्थायी समिति बैठकमा समेत उनले संस्थापन पक्षलाई साथ दिएनन्। पार्टीको वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष र संस्थापन पक्षबीच विभागमा राख्ने नामका विषयमा विवाद हुँदा उनले मध्यमार्गी बाटो अपनाउँदै सबैलाई समेटेर लैजान सुझाव दिएका थिए।





Comments

comments

Leave a Reply

11874