फेसबुकबाट यौनधन्धा गर्ने युवती, यसरी लुट्ने गर्छिन् ‘मुर्गा’ फसाएर

काठमाडौं। राजधानीलाई सपनाको शहरका रुपमा लिइन्छ । यो शहरमा प्रवेश गरेपछि अनेकौ समस्या आउने गर्छन्। यी समस्याबाट जुध्न धेरै संघर्ष गर्नुपर्छ । जसले संघर्ष गरेर अगाडि बढ्न सक्छ, उसको भविष्य बनेको छ। कतिले गलत काम गरेर कमाएको सम्पत्ति र मानप्रतिष्ठा विलय भएर गएका प्रशस्त उदाहरण छन् भने कतिले जेलको हावा खाइरहेका छन्।

अझ युवतीहरूको त धेरै गलत विषय बाहिर आएका छैनन् । तर, केही युवतीहरूका कारण प्रहरी, सरकारी कर्मचारी, ड्राइभर, मजदुरलगायतको समुदाय कुनै न कुनै बहानामा पीडित बन्ने गरेको छ । महानगरीय प्रहरीले युवतीहरूबाट भइरहेका ठगीका विषयलाई नियन्त्रण गर्न ठूलै अभियान चलाइरहेको छ । कतिपय विषयमा प्रहरीले ठूलो सफलता पनि पाएको छ।

प्रहरीलाई चक्मा दिएर सुनसरी जिल्ला स्थायी घर भएकी एक युवतीले अहिले राजधानीमा ‘मुर्गा’ फसाउने आफ्नो धन्दालाई जोडतोडका साथ बढाइरहेकी छिन् । ती युवतीले ‘प्राची उपाध्याय’ नक्कली नाम राखेर दुनियाँलाई ठगी गर्दै आएकी छिन् ।

उनको बास्तविक नाम, थर भने अर्कै छ । उनको अर्को पनि नक्कली नाम, थर छ, त्यो हो चम्फा गुरागाइँ । उनी सुनसरी जिल्लाको मधेसा– ६, झकनझोरा स्थायी घर भएकी युवती हुन् । उनले आफ्नो सक्कली नाम कसैलाई बताउने गरेकी छैनन् । उनको नागरिकताको नाम अर्कै छ।

यी ‘नटवरलाल’ युवतीले काठमाडौंमा तीन/तीन महिनामा आफ्नो डेरा सार्ने गर्छिन् । ‘मुर्गा’ फसाएर लुट्ने र डेरा सरिहाल्ने उनको कार्यबाट धेरै युवा तथा बुजुर्गहरू पीडित भइसकेका छन्।

यतिसम्मकी प्राची उपाध्यायले आफ्नै डेरामा ‘मुर्गा’हरू ल्याएर रातभरि यौनक्रिडामा रहने गरेको प्रहरीसम्म उजुरी परेको छ । प्रहरीमा उजुरी परेपनि प्राची उपाध्यायविरुद्ध पोख्ता सबुत नहुँदा कारबाही गर्न नसकिएको महानगरीय प्रहरीको भनाइ छ।

यी युवतीका विषयमा थुप्रै मौखिक उजुरी आएको महानगरीय प्रहरी अपराध महाशाखा टेकुका एक प्रहरी अधिकारी बताउँछन् । प्रहरीले उनलाई खोजी गरिरहेको खबर यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ।

प्राचीले आफ्ना केही केटी साथीहरूलाई पनि ‘मुर्गा’ फसाएर यौनधन्दामा लगाउने गरेकी छिन् । ‘प्राची उपाध्यायले थुप्रैलाई ठगी गरेको उजुरी हामी समक्ष आएको छ’, महाशाखा स्रोतले भन्यो–‘प्राचीको खोजी भइरहेको छ । कारबाही हुन्छ ।’ राजधानीमा यौनधन्दा चलाउनेलाई प्रहरीले खोजीखोजी कारबाही गर्दै आएको छ।

प्राची उपाध्यायले विशेष गरेर फेसबुकबाट केटाहरूलाई फसाउने गरेकी छिन् । फेसबुकमा आफ्ना रङ्गीविरङ्गी फोटोहरू राखेर युवाहरू फसाउने गरेकी छिन् । उनले फेसबुकमा पनि आफ्नो नाम समय समयमा परिवर्तन गरिरहन्छिन्।

उनले फेसबुकबाट अन्तरंग कुरा गरेर मुर्गा फसाउने गरेको एक पीडित युवकले बताए । ‘मलाई फेसबुकबाट फसाइ’, ती पीडित युवकले भने–‘प्रहरीमा मौखिक उजुरी दिएको छु । सामाजिक प्रतिष्ठाले गर्दा लिखित उजुरी दिन सकेको छैन।’

यी युवक पनि प्राचीको जालमा फेसबुकबाटै परेका रहेछन् । सुरुवातमै सेक्सी कुरा गरेपछि दङ्ग परेका उनले एकसातामै प्राचीको कोठामा पुगेपछि बल्ल आफू ठगिएको महसुस गरेका छन् । यसवाफत उनले मोटो रकम सकेको सुनाए।





Comments

comments

Leave a Reply

11897